Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख २९, २०८२
Monday, May 12, 2025

टोकियो – जापानको गुन्मा प्रान्त अन्तर्गत ओता सिटीमा शनिबार राति एक १७ वर्षीय ब्राजिली किशोरमाथि छुरा प्रहार भएको छ  । प्रहरीका अनुसार आक्रमणमा संलग्न रहेको आशंकामा सोही उमेरका एक जापानी किशोरलाई पक्राउ गरिएको छ  । घटना राति करिब १०:४० बजे ओता स्टेशनको दक्षिणतर्फ करिब ४ सय मिटर दूरीमा रहेको रेस्टुरेन्ट र क्याफेले भरिएको क्षेत्रमा भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पीडित दुई साथीहरूसँग हिँडिरहेको बेला केही युवकहरू आएर ‘तिमीहरू यहाँ के गर्दैछौ ?’ भन्दै झगडामा उत्रिएको पीडितका एक साथीले प्रहरीलाई बताएका छन् । त्यसक्रममा पीडितलाई अनुहारमा मुक्का प्रहार गरिएको र त्यसपछि पछाडिबाट छुरा हानिएको प्रहरीले जनाएको छ । आक्रमणपछि युवकहरू फरार भएका थिए । पीडितको साथीले तुरुन्तै आपतकालीन सेवामा फोन गरी प्रहरी तथा एम्बुलेन्स बोलाएका थिए । अस्पताल पुर्‍याइएका पीडितको अवस्था खतरामुक्त रहेको र ज्यानमाथि तत्कालको जोखिम नभएको प्रहरीले स्पष्ट पारेको छ ।

घटनापछि फरार आक्रमणकारीहरूको खोजी भइरहँदा आइतबार बिहान तीमध्ये एक किशोर आफ्ना अभिभावकसहित प्रहरी कार्यालयमा आफैं उपस्थित भएका थिए । उनको साथमा रगताले लतपतिएको चक्कु समेत फेला परेको प्रहरीले जनाएको छ । हाल उनी प्रहरीको हिरासतमा छन् र घटनाको थप अनुसन्धान जारी छ । प्रहरीले आक्रमणका बेला उनीसँगै रहेका अन्य व्यक्तिहरुको खोजी तीव्र बनाएको छ ।

तपाईको प्रतिक्रिया