Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख २९, २०८२
Monday, May 12, 2025

समाचार सुन्नुहोस : 

काठमाडौं — राजसंस्था पुनर्स्थापनाको माग राख्ने संयुक्त जनआन्दोलन समितिले आगामी जेठ १५ गते काठमाडौंमा हुने प्रदर्शनमा सहभागी हुन उपत्यका बाहिरका जनतालाई पनि सहभागी हुन आह्वान गरेको छ। आइतबार संयोजक नवराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका कमल थापा लगायत नेताहरू उपस्थित थिए। समितिले जेठ १५ को आन्दोलन सफल बनाउन विभिन्न तयारी गरिएको बताएको छ। समितिले प्रदर्शन शान्तिपूर्ण रहने जानकारी दिँदै सरकारले विचार स्वतन्त्रतालाई प्रतिबन्ध लगाउन खोज्ने कानुन बनाउने प्रयासको विरोध गर्ने निर्णय पनि गरेको छ। साथै, तीनकुने घटनामा पक्राउ परेकाहरूको तत्काल रिहाइ माग गरिएको छ।

संयोजक सुवेदीले राजसंस्था पुनर्स्थापनाको वातावरण अनुकूल रहेको दावी गर्दै भने, “संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापना हुने सम्भावना बढेको छ। सबैले मिलेर यसलाई सफल बनाउनुपर्छ।” समितिले राष्ट्रिय मानव अधिकार आयोगलाई प्रदर्शनको अनुगमन गर्न पनि आग्रह गरेको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया