समाचार सुन्नुहोस :
काठमाडौँ – शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको सुकेधाराबाट उनलाई नियन्त्रणमा लिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले पुष्टि गरेका छन्।
बस्नेत यसअघि तीनकुनेमा राजावादीले गरेको प्रदर्शनका क्रममा भएका हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा फरार थिए। सो घटनासँग सम्बन्धित मुद्दामा उनको नाम आएपछि पक्राउ पुर्जी समेत जारी गरिएको थियो।
तीनकुने प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाई, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लगायतका नेताहरू यसअघि नै पक्राउ परिसकेका छन्। प्रदर्शनका क्रममा हिंसा चर्किएर एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो भने सरकारी भवन, सवारीसाधनमा आगजनी र निजी सम्पत्तिमा तोडफोड तथा लुटपाट पनि भएको थियो।
प्रहरीले घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाएको जनाएको छ।