Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २८, २०८२
Sunday, May 11, 2025

टोकियो – जापानको हालै सम्पन्न एक सरकारी सर्वेक्षणअनुसार देशका करिब ३९ प्रतिशत नागरिकले आफू कहिलेकाहीँ एक्लो महसुस गर्ने गरेको बताएका छन् । एक्लोपन तथा सामाजिक अलगावसम्बन्धी समस्या समाधान गर्न सन् २०२३ को अप्रिलदेखि कार्यान्वयनमा ल्याइएको विशेष कानुनले अझै उल्लेखनीय प्रभाव पारेको देखिएको छैन ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सन् २०२४ मा गरिएको चौथो राष्ट्रिय सर्वेक्षणमा ‘प्रायः वा सधैं,’ ‘कहिलेकाहीँ,’ वा ‘कहिलेकाँही मात्र’ एक्लो महसुस गर्ने व्यक्तिको संख्या ३९.३ प्रतिशत रहेको उल्लेख गरिएको छ, जुन अघिल्लो वर्षको तथ्यांकसँग समान छ । यो अनुपात सन् २०२१ मा अध्ययन सुरु भएयता प्रायः स्थिर रहँदै आएको छ ।

यसपटकको सर्वेक्षणमा पहिलोपटक स्मार्टफोन प्रयोग र एक्लोपनबीचको सम्बन्ध पनि अध्ययन गरियो । मोबाइल दैनिक आठ घण्टाभन्दा बढी प्रयोग गर्ने व्यक्तिहरूमध्ये १३.३ प्रतिशतले आफू “प्रायः वा सधैं” एक्लो महसुस गर्ने बताएका छन् । सातदेखि आठ घण्टा मोबाइल चलाउने समूहमा यो अनुपात ९.५ प्रतिशत रहेको छ, जुन कम समय मोबाइल प्रयोग गर्नेहरूमध्येभन्दा उच्च हो ।

एक्लोपनको मुख्य कारणका रूपमा सर्वाधिक उल्लेख गरिएको कारण थियो- ‘परिवारका सदस्यको निधन,’ जुन २४.६ प्रतिशत सहभागीहरूले रोजे।  अन्य प्रमुख कारणहरूमा ‘एक्लै बस्नु,’ ‘शिक्षा वा रोजगारी परिवर्तन/परित्याग,’ र ‘गम्भीर शारीरिक वा मानसिक स्वास्थ्य समस्या’ समावेश छन् । सहभागीहरूलाई एकभन्दा बढी कारण चयन गर्ने छुट दिइएको थियो ।

सर्वेक्षणका लागि १६ वर्ष वा सोभन्दा माथिका जापानी नागरिकहरूमध्ये २० हजार जनालाई जथाभावी रूपमा छानिएको थियो । अध्ययन सन् २०२४ डिसेम्बरसम्मको सामाजिक अवस्थालाई लक्षित थियो र कुल ५४.४ प्रतिशतबाट मान्य प्रतिक्रिया प्राप्त भएका थिए । कोरोना महामारीपछि सामाजिक अलगाव र मानसिक स्वास्थ्यसम्बन्धी समस्या चुलिँदै गएको निष्कर्ष निकालिँदै आएको छ ।

तपाईको प्रतिक्रिया