Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख २७, २०८२
Saturday, May 10, 2025

समाचार सुन्नुहोस : 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौँ – कर्णाली नदीमा बेपत्ता भएका दुई किशोरको खोजी कार्य तीव्र पारिएको छ। कालीकोटको पचालझरना गाउँपालिका–८ र दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–९ स्थित कर्णाली नदीमा डुबेर बेपत्ता भएका दुई किशोरको खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

कालीकोटको नरहरीनाथ गाउँपालिका–१ कोटवारीका १६ वर्षीय बिराज विष्ट शुक्रबार नुहाउने क्रममा कर्णाली नदीमा डुबेर बेपत्ता भएका थिए। घटनापछि सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालीकोटलाई जानकारी दिइएपछि सुर्खेतस्थित सशस्त्र प्रहरी बल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालयबाट पाँच सदस्यीय गोताखोर टोली घटनास्थलमा खटाइएको हो।

त्यसैगरी, दैलेख जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिका–९ मा पनि करिब १६ वर्षीय भुवन सार्की शुक्रबार नै कर्णाली नदीमा बेपत्ता भएका छन्। घटनापछि सशस्त्र प्रहरी बल नेपाल जलविद्युत आयोजना सुरक्षा बेस डावबाट खोजी कार्यका लागि सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ। स्थानीय प्रशासन, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहयोगमा खोजी कार्य निरन्तर जारी छ।

तपाईको प्रतिक्रिया