समाचार सुन्नुहोस :
वर्गीकृत विज्ञापन
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
काठमाडौं, बैशाख २७ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले फेरि एकपटक यथास्थिति भत्काउँदै समाजवादी क्रान्तितर्फको यात्रामा अघि बढेको बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित निर्मल लामा स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले क्रान्तिकारी विचार, आदर्श र निष्ठाका साथ कम्युनिस्ट आन्दोलनलाई पुनः सशक्त बनाउँदै लैजाने दाबी गरे। उनले पार्टी वर्तमान अवस्थामा पनि विचार, मुद्दा, वर्ग र समुदायलाई केन्द्रमा राखेर सामाजिक रूपान्तरणसहितको क्रान्तिका लागि अघि बढिरहेको बताए।
“चुनौतिका विरुद्ध लड्ने संकल्पसहित हामी फेरि नयाँ गतिको क्रान्तिमा लागिरहेका छौं”, प्रचण्डले भने, “यो संघर्ष समाजवादी क्रान्तिमा रूपान्तरित गर्ने दिशामा हो।” उनले वर्तमान राजनीतिक परिवेशमा प्रतिक्रियावादी र अवसरवादी शक्तिहरू माओवादी केन्द्रविरुद्ध घेराबन्दी गर्न र भ्रम सिर्जना गर्न सक्रिय रहेको आरोप पनि लगाए। नेताहरूको देवत्वकरण गर्नुहुँदैन भन्ने चेतावनी दिँदै, उनले नेतृत्वप्रति आलोचनात्मक दृष्टिकोण आवश्यक रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा प्रचण्डले निर्मल लामाको योगदानको स्मरण गर्दै उनको राजनीतिक जीवनबाट आजको आन्दोलनले प्रेरणा लिनुपर्ने बताए।कार्यक्रममा पार्टीका अन्य वरिष्ठ नेताहरूको उपस्थिति पनि रहेको थियो।