Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख २७, २०८२
Saturday, May 10, 2025

काठमाडौं – दक्षिण एसियामा द्वन्द्वको बादल गहिरिँदै गएको स्पष्ट संकेतस्वरूप पाकिस्तानले भारतविरुद्ध औपचारिक रूपमा प्रत्याक्रमण सुरु गरेको घोषणा गरेको छ । पाकिस्तानको सेनाको जनसम्पर्क विभागले शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै ‘अपरेसन बानयन मर्सस’ नामक प्रतिआक्रमण अभियान आरम्भ गरिएको जानकारी दिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पाकिस्तानी पक्षले भारतले तीनवटा पाकिस्तानी एयरबेसमा मिसाइल प्रहार गरेको आरोप लगाउँदै यसलाई युद्धको अघोषित घोषणा ठहर गरेको छ । पाकिस्तानले भने आफ्ना सबै कदमहरू पारदर्शी र घोषणापछि मात्रै हुने दाबी गर्दै आएको छ । पाकिस्तानको उक्त घोषणासँगै भारत प्रशासित कश्मीरको उधमपुरस्थित डिब्बर क्षेत्रमा शक्तिशाली विस्फोट भएको खबर आएको छ । सो क्षेत्रमा लगातार साइरन बजिरहेको र स्थानीयवासीहरू त्रसित अवस्थामा रहेको बताइएको छ ।

सुरक्षाको उच्च जोखिम मूल्याङ्कन गर्दै पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शनिबार बिहान ३:१५ बजेदेखि दिउँसो १२:०० बजेसम्म आफ्नो वायुसीमा पूर्ण रूपमा बन्द गर्ने निर्णय लिएको छ । यस निर्णयका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरूमा व्यापक असर परेको छ ।

यता भारतको जम्मू–कश्मीर क्षेत्रमा शुक्रबार साँझदेखि नै तनाव बढेको देखिएको छ। कुपवाडा, करनाह, तंगधार, उरी र पुंछ जस्ता सीमावर्ती क्षेत्रमा रातभर भीषण गोलाबारी भएको बताइएको छ । हालसम्म भारत सरकार वा सेनाले पाकिस्तानको प्रतिआक्रमण घोषणाप्रति औपचारिक प्रतिक्रिया जनाएको छैन । तर, सीमामा सतर्कता उच्चस्तरमा पुगेको स्रोतहरूले जनाएका छन् ।

क्षेत्रीय सुरक्षा विश्लेषकहरूका अनुसार पछिल्ला घटनाक्रमले दक्षिण एसियाली स्थायित्वलाई गम्भीर चुनौती दिने सम्भावना बढेको छ । साथै, द्वन्द्वको अवस्था नियन्त्रण बाहिर जान नदिन अन्तर्राष्ट्रिय समुदायले तत्काल कूटनीतिक पहल गर्नु पर्ने आवाज पनि उठ्न थालेको छ ।

तपाईको प्रतिक्रिया