Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख २७, २०८२
Saturday, May 10, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारत–पाकिस्तानबीच बढ्दो तनावका कारण इन्डिगो एयरलाइन्सले विभिन्न १० सहरमा उडानहरू रद्द गरेको छ। कम्पनीले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै यात्रुहरूको सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता भएको उल्लेख गरेको छ।

वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै शनिबार राति २३:५९ बजेसम्मका लागि प्रभावित उडानहरू स्थगित गरिएको इन्डिगोले जनाएको छ। रद्द गरिएका उडानहरू श्रीनगर, जम्मू, अमृतसर, लेह, चण्डीगढ, धर्मशाला, बीकानेर, जोधपुर, किशनगढ र राजकोट जस्ता सहरहरूमा केन्द्रित छन्।

वायुसेवा कम्पनीहरूले विमानस्थलहरूमा कडाइ गरिएको सुरक्षा जाँचका कारण यात्रुहरूले अतिरिक्त समय लाग्ने चेतावनी पनि दिएका छन्। यात्रुहरूलाई यात्रा गर्नुभन्दा पूर्व अपडेट चेक गर्न र समयमै विमानस्थल पुग्न अनुरोध गरिएको छ।

क्षेत्रीय सुरक्षामा सतर्कता अपनाउँदै इन्डिगोले यस्तो निर्णय लिएको हो, जसले विमानस्थल तथा आकाशमार्गमा सम्भावित जोखिम न्यून पार्ने उद्देश्य राखेको छ।

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया