Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख २७, २०८२
Saturday, May 10, 2025

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) मा लामो समयदेखि चलिरहेको नेतृत्व विवादमा सर्वोच्च अदालतको पछिल्लो आदेशपछि अध्यक्ष महेशकुमार श्रेष्ठ नेतृत्वको समितिले अब निर्वाध रूपमा काम गर्न पाउने भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बद्री केसीद्वारा दायर गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मात्र कारण देखाउ आदेश जारी गरेपछि श्रेष्ठ पक्षको समितिको वैधानिकता थप सुदृढ भएको हो । न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश नदिएपछि श्रेष्ठ नेतृत्वको टिमलाई काम कारबाही अघि बढाउन कानुनी अवरोध नरहेको स्पष्ट भएको छ ।

बद्री केसीले आफ्नो कार्यकाल अझै पाँच महिना बाँकी रहेको दाबी गर्दै श्रेष्ठ टोलीलाई काम गर्न नदिनु पर्ने मागसहित अदालतमा निवेदन दिएका थिए । तर अदालतको आदेशले श्रेष्ठ अध्यक्ष रहेको नवगठित कार्यसमितिलाई आधिकारिक मान्यता दिएको छ ।

एकता महाधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका श्रेष्ठलाई परराष्ट्र मन्त्रालयले पनि वैधता दिइसकेको छ । मन्त्रालयले केसी पक्षबाट दर्ता गरिएको महाधिवेशन रोक्न माग गरिएको निवेदनसमेत फिर्ता लिएको छ ।

एनआरएनएको ११औं महाधिवेशनबाट आफू अध्यक्षमा निर्वाचित भएको दाबी गर्दै आएका बद्री केसीले यसअघि उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म महाधिवेशन रोक्न कानुनी प्रयास गरेका थिए । तर दुवै अदालतबाट उनको माग अस्वीकार भएपछि एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको थियो ।

यद्यपि, महाधिवेशनमा केसी समूहले सहभागी नहुनु र नेतृत्व चयनमा असहमति जनाउनु यस विवादको अन्तिम टुंगो भने होइन । संघमा देखिएको विभाजन समाधानको दिशामा बढे पनि पूर्ण सहमति र एकताको लागि थप संवाद र कूटनीतिक पहल आवश्यक देखिन्छ ।

तपाईको प्रतिक्रिया