Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख २७, २०८२
Saturday, May 10, 2025

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको छ । भेटवार्तामा भारत-पाकिस्तानबीचको पछिल्लो तनाव, आतंकवाद र क्षेत्रीय सुरक्षाका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

भारतको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी आक्रमणपछि भारत-पाकिस्तान सम्बन्धमा चिसोपन देखा परेको छ । राजदूत श्रीवास्तवले उक्त घटनाक्रमबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउँदै भारतले गरेको जवाफी कारबाहीबारे अवगत गराएका थिए । ‘भारतले आक्रमणको जवाफ स्वरूप कारबाही गरेको हो, तर जेट हमला गरिएको भन्ने प्रचार सत्य होइन,’ राजदूत श्रीवास्तवले बताएका थिए ।

भेटका क्रममा राजदूतले घटनाप्रति नेपाल सरकारद्वारा बिहीबार जारी गरिएको वक्तव्यप्रति धन्यवादसमेत व्यक्त गरेका थिए । नेपालले शान्तिपूर्ण कूटनीतिक समाधानको पक्षमा उभिँदै आएको सन्देश उक्त वक्तव्यमा दिइएको थियो ।

प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिको पक्षधर राष्ट्र भएको उल्लेख गर्दै कुनै पनि द्वन्द्वग्रस्त पक्षलाई छिमेकी मुलुकहरूमाथि आक्रमण गर्न आफ्नो भूमिको प्रयोग हुन नदिने स्पष्ट पारे । उनले पहलगाममा भएको आतंकवादी आक्रमणको कडा शब्दमा भत्र्सना गर्दै आतंकवादविरुद्ध नेपालको दृढ अडान पुनः दोहोर्‍याए ।

तपाईको प्रतिक्रिया