Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख २७, २०८२
Saturday, May 10, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसले भारतद्वारा पाकिस्तानमाथि गरिएको आक्रमणलाई ‘जायज’ ठहर गरेको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आतंकवादविरुद्धको कारबाहीलाई सदैव समर्थन गर्दै आएको कांग्रेसको स्पष्ट धारणा भएको बताए।

उनले भारतले आतंकवादी अखडामाथि गरेको कारबाहीलाई आवश्यक र उचित प्रतिक्रिया भनेका छन्। साथै, पाकिस्तानबाट भएको जबाफी आक्रमणले युद्धको अवस्था सिर्जना गरेकोप्रति चिन्ता व्यक्त गर्दै कांग्रेसले यो द्वन्द्व युद्धमा परिणत नहोस् भन्ने चाहना पनि राखेको बटाए। बैठकमा transitional justice प्रक्रिया अन्तर्गत सत्यनिरूपण तथा मेलमिलाप आयोग (टीआरसी) लाई निष्पक्ष रूपमा अगाडि बढाउनुपर्ने निष्कर्षसमेत निकालिएको थियो। बेपत्ता व्यक्तिहरूको विषयमा निष्पक्ष टुंगो लगाउन आयोगले सक्रियता देखाउनुपर्ने र संवैधानिक आयोगहरूलाई पूर्णता दिनुपर्नेमा कांग्रेसले जोड दिएको छ।

कांग्रेसले विश्वव्यापी आतंकवादको विरोधमा दृढ प्रतिबद्धता दोहोर्‍याउँदै आतंकवादविरुद्धको कुनै पनि कारबाहीलाई समर्थन गर्ने स्पष्ट संकेत दिएको छ। पार्टीले शान्ति र स्थायित्वको पक्षमा उभिने प्रतिबद्धता जनाउँदै भारत–पाकिस्तानबीचको तनाव चाँडै समाधान होस् भन्ने आशा व्यक्त गरेको छ।

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया