Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख २६, २०८२
Friday, May 9, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – पाकिस्तानले लगातार दोस्रो दिन भारतका विभिन्न सीमावर्ती क्षेत्रहरूमा ड्रोन र मिसाइल आक्रमण गरेको छ। भारतीय सञ्चारमाध्यमले बिहीबार ३ राज्य (जम्मू-कश्मीर, पञ्जाब, राजस्थान) का ११ सहरहरूलाई निशाना बनाइएको जानकारी दिएको छ। जम्मू-कश्मीरको जम्मू, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर, आरएस पुरा सेक्टर र अरनियामा ड्रोन हमला भएको छ। त्यस्तै, पञ्जाबको पठानकोट र राजस्थानको जैसलमेर तथा पोखरण पनि पाकिस्तानी ड्रोनको निशानामा परेका छन्।

पाकिस्तानी ड्रोनहरूले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई निशाना बनाएको तथापि, भारतीय वायुसेनाको रक्षा प्रणालीले यसलाई निष्क्रिय पारेको दाबी गरिएको छ। राजस्थानको जैसलमेरमा पनि ड्रोन आक्रमण भएको र सीमावर्ती जिल्लाहरूमा ब्ल्याकआउट लगाइएको छ। पञ्जाबको जालन्धर, अमृतसर र राजस्थानको बीकानेर, श्रीगंगानगरमा पूर्ण अन्धकार छ। जम्मू, किस्तवाड, अखनूर, साम्बा र पठानकोटमा पनि ब्ल्याकआउट गरिएको छ। आरएस पुरा सेक्टरमा पाकिस्तानी सेनाको भारी गोलाबारी जारी छ भने नियन्त्रण रेखा (एलओसी) नजिक कुपवाडा र बारामुल्लामा दुबै पक्षबीच गोलाबारी भइरहेको छ।

भारतीय सुरक्षा बलहरू अत्यधिक सतर्क रहेका छन् र स्थानीय बासिन्दाहरूलाई सतर्क रहन सुझाव दिइएको छ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया