Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख २५, २०८२
Thursday, May 8, 2025

काठमाडौं – नेकपा एमाले कोशी प्रदेश कमिटीले पार्टी ताप्लेजुङका पूर्व अध्यक्ष बलबहादुर साम्सोहाङसहित दुई जनालाई निलम्बन गरेको छ । हाल प्रदेश सल्लाहकार सदस्य साम्सोहाङ र प्रदेश पर्यटन विभाग सचिव मणिकुमार पोमुलाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरिएको अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘गएको वैशाख १८ गते ताप्लेजुङमा सम्पन्न युवा संघको अधिवेशनमा साम्सोहाङले काट, मार, भन्दै युवाहरूलाई उक्साएको भन्दै जिल्ला कमिटीले प्रदेशमा सिफारिस गरेको थियो,’ खतिवडाले भने ‘प्रदेशले उपाध्यक्ष टीकाराम चेम्जोङको नेतृत्वमा छानबिन कमिटी बनाएको छ । त्यसको प्रतिवेदन नआउञ्जेल उहाँहरूलाई निलम्बन गरिएको हो ।’

युवा संघ ताप्लेजुङको भेलामा झडप भएको थियो । एउटा समूहको नेतृत्व पोमुले गरेको र उनीहरुलाई निर्देशन दिँदै उक्साउने काम साम्सोहाङले गरेको एमालेको भनाइ छ । झडपका क्रममा युवा संघका सचिव तथा कोशी इन्चार्ज निरोज पौडेलमाथि समेत हातपात भएको थियो । मंगलबारको प्रदेश कमिटी बैठकले उनीहरूमाथि निलम्बनको कारबाही गरेको र अब छानबिन कमिटीको प्रतिवेदनपछि थप कारबाहीको प्रक्रिया अघि बढ्ने अध्यक्ष खतिवडाले जानकारी दिए  ।

तपाईको प्रतिक्रिया