Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख २५, २०८२
Thursday, May 8, 2025

काठमाडौं – भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेपछि पाकिस्तानले सशस्त्र बललाई प्रतिकारको अधिकार दिएको छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको कार्यालयबाट जारी आदेशपछि क्षेत्रीय सुरक्षामा थप तनाव पैदा भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

द गार्जियनले रोयटर्सलाई उद्धृत गर्दै जनाएको अनुसार प्रधानमन्त्री कार्यालयले सेनालाई ‘प्रतिकारात्मक कारबाही गर्न पूर्ण स्वीकृति’ दिएको छ । भारतले गएको राति पाकिस्तान नियन्त्रणको कश्मीर र अन्य रणनीतिक स्थानहरूमा आक्रमण गरेको थियो ।

आक्रमणलाई भारत र पाकिस्तानबीच दशकौँदेखि चल्दै आएको तनावको सन्दर्भमा अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य टकरावको रूपमा लिइएको छ । भारतले नौवटा स्थानमा आतङ्कवादी संरचना ध्वस्त पारेको दाबी गर्दै मुस्लिम अतिवादी समूह जैश-ए-मोहम्मद र लश्कर-ए-तोइबाविरुद्ध लक्षित कारबाही भएको बताएको छ ।

पाकिस्तानी सेनाले आक्रमणको क्रममा पाँच भारतीय युद्धविमान खसेको दाबी गरे पनि भारतीय रक्षा मन्त्रालयले त्यसको पुष्टि गर्न अस्वीकार गरेको छ । पाकिस्तानी सैन्य प्रवक्ताका अनुसार भारतको आक्रमणमा कम्तीमा २६ सर्वसाधारणको ज्यान गएको छ भने ४६ जना घाइते भएका छन् । भारतको आक्रमणपछि पाकिस्तानले गरेको जवाफी कारबाहीमा पनि सात नागरिकको मृत्यु र ३० जना घाइते भएको पुष्टि भएको छ ।

भारतको यो आक्रमण कश्मीरमा आतंकवादीहरूको आक्रमणमा २६ जना पर्यटकको मृत्यु भएको केही हप्तापछि भएको हो । भारतले उक्त आक्रमणको दोष पाकिस्तानस्थित आतङ्ककारी समूहहरूलाई दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया