Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख २५, २०८२
Thursday, May 8, 2025

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशको पानी अब भारतकै लागि प्रयोग गरिने घोषणा गरेका छन् । पाकिस्तानसँगको ६५ वर्ष पुरानो सिन्धु जल सन्धि निलम्बन गरेपछि आएको उक्त अभिव्यक्तिलाई रणनीतिक सन्देशका रूपमा हेरिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘अब भारतको पानी भारतको फाइदाका लागि बग्नेछ, भारतको फाइदाका लागि संरक्षण गरिनेछ र त्यसको उपयोग भारतको प्रगतिका लागि गरिनेछ,’ मोदीले मङ्गलवार सार्वजनिक कार्यक्रममार्फत भने । यद्यपि उनले पाकिस्तानको नाम प्रत्यक्ष रूपमा उल्लेख गरेनन्, उनको सन्देश स्पष्ट रूपमा सीमापार पानी व्यवस्थापनलाई लक्षित देखिन्छ ।

भारतले गत महिना पहलगाममा पर्यटकमाथि भएको घातक आक्रमणपछि पाकिस्तानमाथि आक्रोश प्रकट गर्दै सन् १९६० मा भएको सिन्धु जल सन्धि निलम्बन गरेको थियो । उक्त सन्धिले भारत-पाकिस्तानबीच सीमावारि-पारिका छवटा नदीहरूको जल बाँडफाँट निर्धारण गरेको थियो । अघिल्ला सैन्य द्वन्द्व वा युद्धका समय पनि उक्त सन्धि यथावत् रहँदै आएको थियो ।

मङ्गलवार राति भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानहरूमा क्षेप्यास्त्र आक्रमण गरेको छ । पाकिस्तानी सेनाका अनुसार उक्त आक्रमणमा सर्वसाधारणसमेत मारिएको जनाइएको छ । भारतले भने पाकिस्तानको गोलीबारीका कारण आफ्ना भूमिमा कम्तीमा १० जनाको मृत्यु भएको दाबी गरेको छ ।

भारतबाट बग्ने नदीहरू पाकिस्तानका लागि सिँचाइको मुख्य स्रोत हुन् । पाकिस्तानको कृषि क्षेत्रको करिब ८० प्रतिशत सिँचाइ यिनै नदीबाट निर्भर छ। यस्तो अवस्थामा भारतले पानी रोक्दा पाकिस्तानमा सुक्खा र खाद्य संकट उत्पन्न हुने चेतावनी विज्ञहरूले दिएका छन् ।

तपाईको प्रतिक्रिया