Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख २५, २०८२
Thursday, May 8, 2025

काठमाडौं – बुधबार बिहान भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गर्दा कम्तीमा ८ जनाको मृत्यु र ३५ जनाभन्दा बढी घाइते भएका छन् । यस घटनाले दक्षिण एशियाली भू-राजनीतिक अवस्था झनै तनावपूर्ण बनाएको छ । घटनाप्रति चीनले गहिरो चिन्ता व्यक्त गर्दै भारतको कारबाहीलाई ‘खेदजनक’ भनेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतको आक्रमणप्रति दुःख व्यक्त गर्दै दुबै देशलाई संयमता अपनाउन आग्रह गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, चीनले दुवै पक्षलाई स्थिति अझ जटिल नबनाउने गरी अघि बढ्न आह्वान गरेको छ । ‘चीनले भारतको आज बिहानको सैन्य कारबाहीलाई दुःखद मानेको छ । हामी वर्तमान अवस्थाप्रति चिन्तित छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

चीनले भारत र पाकिस्तान दुवै देश आफ्नो छिमेकी भएको भन्दै यस संवेदनशील अवस्थामा शान्ति र संवादलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएको छ । चीनले सबै प्रकारको आतंकवादको विरोध गर्ने आफ्नो अडान दोहोर्‍याउँदै, आतङ्कविरुद्धको संघर्ष शान्तिपूर्ण तरिकाले अघि बढाउन सुझाव दिएको छ । ‘हामी दुवै पक्षलाई संयम अपनाउन र अवस्थालाई थप जटिल बनाउन सक्ने कुनै पनि कदम नचाल्न आग्रह गर्दछौं,’ मन्त्रालयको भनाइ छ ।

यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भारत-पाकिस्तानबीच चुलिएको तनावप्रति प्रतिक्रिया जनाउँदै, यो द्वन्द्व चाँडै अन्त्य हुने आशा व्यक्त गरेका छन् । ‘मैले आक्रमणबारे भर्खरै सुनेँ । दुई मुलुकबीच दशकौंदेखि द्वन्द्व छ । मेरो आशा छ अहिलेको आक्रमण चाँडै सकिने छ,’ ट्रम्पले पत्रकारहरूसँग भने ।

तपाईको प्रतिक्रिया