Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख २५, २०८२
Thursday, May 8, 2025

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा चिप्लिएर सामान्य घाइते भएका छन् । सुत्नुअघि बाथरुम प्रयोग गर्ने क्रममा चिप्लिएर लडेपछि उनी घाइते भएका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

घटनापछि तत्कालै काठमाडौंस्थित मेडिसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । चिकित्सकहरूले घाइते भए पनि अवस्था पूर्णतः सामान्य रहेको पुष्टि गरेका छन् ।

प्रचण्डकी छोरी तथा स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमार्फत प्रचण्डको स्वास्थ्यसम्बन्धी जानकारी दिँदै लेखेकी छन्, ‘गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजाँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु । बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद ।’

प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार, हाल प्रचण्डले पुनः नियमित कार्यसूची अनुसार काम सुरु गरिसकेका छन् । यद्यपि, चिकित्सकको सल्लाहअनुसार केही दिन विश्रामसहितका हल्का कार्यक्रमहरूमा मात्र संलग्न हुने बताइएको छ ।

सामान्य स्वास्थ्य घटनाले पनि पार्टी अध्यक्षको अवस्थाप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैप्रति प्रचण्ड परिवार र सचिवालयले आभार प्रकट गरेका छन् ।

तपाईको प्रतिक्रिया