Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख २५, २०८२
Thursday, May 8, 2025

काठमाडौं – जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि चुलिएको भारत-पाकिस्तान तनावले नयाँ मोड लिएको छ । भारतीय सेनाले पाकिस्तानमा ‘अपरेशन सिन्दूर’ नाम दिँदै मिसाइल आक्रमण गरेपछि दुवै देशका नागरिकहरू मारिएको पुष्टि हुन थालेको छ । तनाव चर्किएसँगै पाकिस्तानको पञ्जाब प्रान्तमा आम जनसुरक्षालाई ध्यानमा राख्दै सम्पूर्ण विद्यालयहरू बन्द गरिएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पञ्जाबकी मुख्यमन्त्री मरियम नवाज शरीफले विद्यालयसहित विश्वविद्यालय तथा कलेजमा सञ्चालन हुने परीक्षा समेत स्थगित गरिएको घोषणा गरेकी छन् । यद्यपि अन्तर्राष्ट्रिय परीक्षा बोर्डहरूले सञ्चालन गर्ने परीक्षाहरू भने यथावत् सञ्चालन हुने जनाइएको छ ।

सन् २०२५ अप्रिल २२ मा जम्मु-कश्मीरको पहलगाममा पर्यटकमाथिको हमलामा एक नेपालीसहित २६ जनाको ज्यान गएपछि भारतले सो आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको थियो । त्यसैको जवाफस्वरूप भारतले मिसाइल आक्रमण गरेको दाबी गरिएको छ ।

गोलाबारी र विष्फोटले सीमा तनावग्रस्त
समाचार संस्था रोयटर्सका अनुसार पाकिस्तानका सीमावर्ती क्षेत्रमा गोलाबारी र विष्फोटका घटनाहरू भइरहेका छन् । भारतीय सेनाले कश्मीर क्षेत्रमा पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको ज्यान गएको पुष्टि गरेको छ ।

उता, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बीबीसीसँगको अन्तर्वार्तामा भारतको आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको बताएका छन् । उनका अनुसार आक्रमणमा एक मस्जिदलगायत कैयौं सर्वसाधारण क्षेत्रहरू लक्षित गरिएको थियो ।

पाक प्रधानमन्त्रीको कडा चेतावनी
घटनापछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतको आक्रमणप्रति कडा प्रतिक्रिया जनाएका छन् । उनले पाकिस्तानले आफ्ना नागरिकहरूको सुरक्षाका लागि भारतीय आक्रमणको निर्णायक जवाफ दिने अधिकार सुरक्षित रहेको स्पष्ट पारेका छन् ।

भारत-पाकिस्तानबीचको सम्बन्ध झनै चिसिँदै गएको अवस्थामा अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन र द्वन्द्वको समाधान संवादबाट गर्न आह्वान गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया