Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख २५, २०८२
Thursday, May 8, 2025

टोकियो – नेपाली महिला फुटबल टोलीकी कप्तान अन्जिला तुम्बापो सुब्बाको प्रेरणादायी जीवनकथामा आधारित नेपाली चलचित्र ‘एन्जिला’ अब जापानमा पनि प्रदर्शन हुने भएको छ । मिलन चाम्स निर्देशित र प्रेम कुमार श्रेष्ठको निर्माणमा तयार भएको यो चलचित्रले नेपालमा अपार सफलता पाएसँगै अन्तर्राष्ट्रिय प्रदर्शनको यात्रा थालेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपालमा फागुन २९ गतेदेखि प्रदर्शनमा आएको एन्जिलाले सुरुवातदेखि नै दर्शकमाझ चर्चा कमाएको थियो । राष्ट्रिय महिला टिमकै कप्तान अन्जिला सुब्बाले मुख्य भूमिकामा अभिनय गरेको यो चलचित्रले महिला फुटबलको संघर्ष र सफलताको गहिरो चित्रण प्रस्तुत गरेको छ । चलचित्रमा दयाहाङ राई, विजय बराल, श्रिजना सुब्बालगायतका चर्चित कलाकारको अभिनयले कथालाई थप सशक्त बनाएको छ ।

नेपालमा रिलिजको ५१औं दिन मनाइसकेको यो चलचित्रले हालसम्म ८ करोड रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको छ । नेपाली दर्शकको माया पाएसँगै अब ‘एन्जिला’ जापानको टोकियोमा मे ११ तारिखका दिन प्रदर्शन गरिने भएको हो ।

प्रदर्शन Nakano Zero Hall, Tokyo मा साँझ ६:३० बजे सुरु हुनेछ । टिकट दर विद्यार्थीका लागि ¥3,000, सामान्य दर्शकका लागि ¥4,000, र VIP टिकट ¥10,000 तोकिएको छ । प्रदर्शन Sekmuri Entertainment Japan को व्यवस्थापनमा आयोजना गरिँदैछ ।

तपाईको प्रतिक्रिया