Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख २४, २०८२
Wednesday, May 7, 2025

काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ राजनीतिक कारण होइन, राष्ट्र बैंकभित्रकै संरचनात्मक समस्या भएको स्पष्ट पारेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मंगलबार सानेपास्थित पार्टी कार्यालयमा नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नर नियुक्तिमा कुनै अवरोध नगरेको जिकिर गरे । ‘गभर्नरको विषयमा अहिले राजनीतिक समस्या छैन,’ देउवाले भने, ‘ओलीजी पनि सकारात्मक हुनुहुन्छ, राष्ट्र बैंकभित्रकै समस्या हो ।’

उनका अनुसार प्रधानमन्त्री ओलीले गभर्नर चयनको जिम्मा कांग्रेसलाई दिएका छन् र यस विषयमा पूर्ण सहयोग गरिरहेको बताएका छन् । कार्यक्रममा देउवाले गठबन्धन सरकारलाई अर्थतन्त्र सुधारका लागि थप जिम्मेवार बन्न आह्वान गर्दै अबको बजेट व्यवहारिक, कार्यान्वयनमुखी र विकास अभिमुख हुनुपर्नेमा जोड दिए । ‘देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा छ,’ उनले भने, ‘अबको बजेटले जनअपेक्षा सम्बोधन गर्नुपर्छ ।’

तपाईको प्रतिक्रिया