Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख २४, २०८२
Wednesday, May 7, 2025

काठमाडौं – बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जिया चार महिनाको उपचारपछि मंगलबार बिहान स्वदेश फर्किएकी छन् । लन्डनको एक क्लिनिकमा लामो समयसम्म स्वास्थ्य उपचार गराइरहेकी ७९ वर्षीया जिया बिहान हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनलाई स्वागत गर्न विमानस्थल वरपर बीएनपी नेता तथा कार्यकर्ताहरू ब्यानर, पोस्टर र पार्टीको झण्डासहित उपस्थित थिए । उनकी बुहारी जुबैदा रहमान पनि यसपटक खालिदा जियासँगै बंगलादेश फर्किएकी छन् । झण्डै १७ वर्षपछि जुबैदा बंगलादेश फर्केकी हुन् । उनीहरूका साथ तीन जना निजी चिकित्सक पनि थिए ।

खालिदा जियालाई कलेजो सिरोसिस, मिर्गौला र मुटु सम्बन्धी समस्याहरू रहेका छन्। उनी जनवरी ८ मा उपचारका लागि लन्डन गएकी थिइन् । उनको स्वदेश फर्काइ बंगलादेशको वर्तमान राजनीतिक परिदृश्यमा महत्त्वपूर्ण मोडको संकेतका रूपमा हेरिएको छ । गत वर्ष अगस्टमा छात्र आन्दोलनपछि प्रधानमन्त्री शेख हसिनाको सरकार पतन भएको थियो र त्यसयता नोबेल विजेता डा. मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार काम गरिरहेको छ ।

अन्तरिम सरकारलाई निष्पक्ष चुनाव गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने जिम्मेवारी दिइएको भए पनि हालसम्म चुनावको मिति घोषणा गरिएको छैन ।

तपाईको प्रतिक्रिया