Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख २४, २०८२
Wednesday, May 7, 2025

काठमाडौं – नेपाल बाल संगठनको नाममा रहेको नक्सालस्थित २८ रोपनी ५ आना जग्गा कौडीको मूल्यमा ७९ वर्षका लागि भाडामा दिइएको प्रकरणमा १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय भएको छ । उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्यसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय महान्यायाधिवक्ताको कार्यालयले गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

महान्यायाधिवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता सूर्यराज दाहालका अनुसार, यसअघि जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निष्कर्षसहित फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको भए पनि अन्ततः अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा चलाउने निर्णय भएको हो ।

दाहालले भने, ‘मुद्दा चलाउने निर्णयसँगै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।’ जग्गा भाडामा दिने क्रममा सरकारी सम्पत्तिमा हानी-नोक्सानी पुर्‍याइएको, सार्वजनिक हित विपरित कार्य भएको, तथा आर्थिक अनियमितता गरिएको आरोप प्रतिवादीहरूमाथि लागेको छ ।

यो प्रकरणमा बाल संगठनको अमूल्य सम्पत्ति अत्यन्त न्यून दरमा दीर्घकालीन भाडामा दिइएकाले सरकारी सम्पत्तिको दुरुपयोग भएको भन्दै लामो समयदेखि सार्वजनिक चासो उठ्दै आएको थियो ।

तपाईको प्रतिक्रिया