Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख २४, २०८२
Wednesday, May 7, 2025

काठमाडौं –  नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी ऋषिराम बरालले कान्छी श्रीमतीको हत्या गरी आफैले पनि प्राण त्यागेका छन् । पोखराको बिरौटामा नयाँ घर बनाएर कान्छी श्रीमती भित्र्याएको पाँच वर्षमै यस्तो भयावह दुर्घटना निम्त्याएका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सोमबार अपरान्ह श्रीमतीको हत्यापछि गम्भीर अवस्थामा भेटिएका बरालको उपचार क्रममा गए राति मृत्यु भएको हो । उनको हातबाट ३७ वर्षीया देवी पराजुली बराल मारिएकी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुई वटा घरबार गरेका ऋषिरामले कान्छी श्रीमती देवीसँग झगडा परेपछि धारिलो हतियार प्रयोग गरे ।

घटना लगत्तै सो स्थानमा पुगेका तथा अनुसन्धानका जिम्मेवारी लिएका वडा प्रहरी कार्यालय वैदामका डीएसपी सन्तोष निरौलाका अनुसार घटनाको जानकारीपछि प्रहरी टोली पुग्दा श्रीमान-श्रीमती दुवै रगताम्मे अवस्थामा थिए । श्रीमतीको अनुहारमा चोट थियो भने श्रीमानको घाँटीमा । श्रीमतीमाथि आक्रमण गरेपछि उनले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ । घटनास्थलमा चक्कु र मेटासिड नामक विषको खाली डब्बा भेटिएको छ ।

जेठी श्रीमती र उनको परिवारसँग नजिकिएको थाहा पाएपछि कान्छीसँग सम्बन्ध बिग्रिएको छिमेकी र आफन्तको अनुमान छ । दुई छोरा, एक छोरी र जेठी श्रीमती पोखराकै मासबारस्थित अर्को घरमा बस्छन् । पाँच वर्षअघि बैंकबाट अवकाश लिएका चालक बरालले निकै कम उमेरकी युवतीलाई श्रीमतीको रुपमा नयाँ घरमा भित्र्याएका थिए ।

तपाईको प्रतिक्रिया