समाचार सुन्नुहोस :
काठमाडौँ – नेपालका एक मात्र डलर अर्बपति तथा सांसद विनोद चौधरीले माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्ससँग सिङ्गापुरमा भेट गरेका छन्। ‘फिलान्थ्रपी एसिया एलायन्स–२०२५ (PAA–2025)’ कार्यक्रममा सहभागी भइरहेका चौधरी र गेट्सबीच उक्त भेटघाट भएको हो।
भेटका क्रममा उनीहरूले नेपालले स्वास्थ्य र रोजगारी क्षेत्रमा भोगिरहेको चुनौतीहरूबारे गहन संवाद गरेका थिए। चौधरीका अनुसार, नेपालको विकासका लागि यी क्षेत्रहरूमा दीर्घकालीन र प्रभावकारी पहल आवश्यक रहेको कुरामा छलफल केन्द्रित रह्यो।
चौधरीले सन् २०१५ को विनाशकारी भूकम्पदेखि लिएर कोभिड–१९ महामारीसम्मको कठिन समयमा देखाएको सहयोगका लागि गेट्सप्रति आभार व्यक्त गरे। उनले बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनमार्फत नेपालमा स्वास्थ्यसम्बन्धी परियोजनाहरू विस्तार गर्दै सहकार्य अझ सशक्त बनाउने इच्छा व्यक्त गरेका छन्।