Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख २२, २०८२
Monday, May 5, 2025

समाचार सुन्नुहोस :

काठमाडौँ – ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा गएराति भएको कार दुर्घटनाले सडकमा ठूलो अवरोध पैदा गरेको छ। तीव्र गतिमा आएको कार बिजुलीको पोलमा ठोक्किँदा पोल भाँचिएर सीधै सडकको बीच भागमा ढलेको छ। जसका कारण उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

दुर्घटनामा संलग्न बा १५ च ७६५२ नम्बरको कारमा सवार तीन जना घाइते भएका छन्। उनीहरूलाई तत्कालै बीएण्डबी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ। दुर्घटनास्थलमा ११ हजार भोल्ट क्षमताको हाईटेन्सन तार टाँगिएको पोल ढलेपछि थप जोखिम टार्न सडक बन्द गरिएको हो। ललितपुर महानगरपालिका, नगर प्रहरी र नेपाल विद्युत् प्राधिकरणका प्राविधिकहरूको सहकार्यमा पोल हटाउने प्रयास जारी रहेको छ।

ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले भने, “गाडीले पोल ठोक्काएर बांगो बनाएको त थुप्रै देखिएको छ, तर पोल भाँचिएर सडकको बीचमै पुगेको यो पहिलोपटक देखेको हुँ।” प्रहरी स्रोतका अनुसार चालकले मदिरा सेवन (मापसे) गरेर कार चलाएको पुष्टि भएको छ। दुर्घटनाको प्रकृति हेर्दा तीव्र गति नै मुख्य कारण देखिएको छ, जसले कारको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया