Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २१, २०८२
Sunday, May 4, 2025

समाचार सुन्नुहोस :

काठमाडौँ – भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा पुनः एक नेपाली विद्यार्थीको मृत्यु भएपछि राष्ट्रिय सभामा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। वीरगञ्जकी प्रिसा साह मृत फेला परेको केही महिनाअघि सोही कलेजमा अध्ययनरत प्रकृति लम्साल पनि मृत फेला परेकी थिइन्। यस्तै प्रकृतिका घटना दोहोरिनुले सांसदहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

आइतबारको राष्ट्रिय सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसदहरूले केआईआईटी विश्वविद्यालयमा करिब १,२०० नेपाली विद्यार्थी अध्ययनरत रहेको भन्दै सुरक्षाको सवालमा सरकार संवेदनशील बन्नुपर्ने बताएका छन्। नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले चासो मात्र देखाएर नपुग्ने भन्दै समस्या गहिरिएको औँल्याए। माओवादी केन्द्रकी सांसद गंगा बेलबासेले गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्ने र समिति गठन गरेर छानबिन गर्नुपर्ने माग गरिन्।

नेकपा एमालेकी सांसद सुमित्रा बिसी र एकीकृत समाजवादीकी सांसद मदन कुमारी साहले भविष्य बनाउने सपना बोकेर विदेश गएका विद्यार्थीको सुरक्षामा नेपाल सरकारले गम्भीर ध्यान दिनुपर्ने बताए। एनओसी (No Objection Certificate) दिनेमै पनि पुनर्विचार गर्नुपर्ने मागसमेत गरिएको छ।

सांसदहरूले यस्ता घटनाको छानबिन, दोषीमाथि कारबाही र दीर्घकालीन सुरक्षा नीति आवश्यक रहेकोमा जोड दिएका छन्।

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया