Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २१, २०८२
Sunday, May 4, 2025

समाचार सुन्नुहोस :

काठमाडौँ – माध्यमिक विद्यालय तहको कक्षा १२ को वार्षिक परीक्षा आजदेखि देशभर एकैसाथ सुरु भएको छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण ढंगमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जनाएका छन्।

परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ। बोर्डले देशभर १,५९० र जापानमा १ परीक्षा केन्द्र निर्धारण गरेको छ। काठमाडौँमा सबैभन्दा धेरै १६२ र मनाङ–मुस्ताङमा एक–एक परीक्षा केन्द्र छन्। नियमिततर्फ ३ लाख ९५ हजार ९०८ विद्यार्थी सहभागी भएका छन् भने आंशिकसहित कुल परीक्षार्थी संख्या ५ लाख ११ हजार ५२५ पुगेको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सबैभन्दा कम ४५ जना परीक्षार्थी मनाङबाट र सबैभन्दा धेरै ६८ हजार १३३ जना काठमाडौँबाट सहभागी छन्। कारागार र बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई समेत परीक्षा दिन व्यवस्था मिलाइएको छ।

यस वर्ष ७३ वर्षीया सूर्यवती खनालले पनि कक्षा १२ को परीक्षा दिएकी छन्। उनी तारकेश्वरस्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसकी विद्यार्थी हुन्। यसैबीच, काठमाडौँको प्रहरी हिरासतमा रहेका ६ जना अभियुक्तले पनि बोर्ड समन्वयमा परीक्षा दिएका छन्।

तपाईको प्रतिक्रिया