Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २१, २०८२
Sunday, May 4, 2025

समाचार सुन्नुहोस :

काठमाडौँ –  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार यो महिनामा कुल १ लाख १६ हजार ४९० पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो बोर्डका अनुसार सन् २०१९ को तुलनामा १०६ दशमलव ५ प्रतिशतले विदेशी पर्यटक आगमनमा बढोत्तरी भएको छ। यसरी नेपालले पर्यटक आगमनको नयाँ कीर्तिमान बनाएको बोर्डले जानकारी दिएको हो।

अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३ पर्यटक आए भने अमेरिकाबाट १० हजार ५३, चीनबाट ९ हजार ३७, र बेलायतबाट ६ हजार ८३८ पर्यटक आएका थिए। यद्यपि भारतीय र चिनियाँ पर्यटकको संख्या अघिल्ला वर्षको तुलनामा उल्लेखनीय रुपमा बढ्न सकेको छैन।

यस रेकर्डले नेपालको पर्यटन पुनरुत्थानको संकेत दिएको छ भने आगामी दिनमा अझ प्रभावकारी प्रचार र पूर्वाधार विकासमार्फत पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउन सकिने सम्भावना देखिएको छ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया