Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २१, २०८२
Sunday, May 4, 2025

काजाब्लांका क्यासेल्लो – अन्तर्राष्ट्रिय मजदुर दिवस (मे १)को अवसरमा जन प्रगतिशील मञ्च बेल्जियमले बेल्जियमको लुभेनमा एक विशेष कार्यक्रमको आयोजना गर्दै प्रवासी नेपाली श्रमिकहरूको आवाज बुलन्द बनाएको छ । श्रमिक अधिकार, संगठनात्मक ऐक्यबद्धता, महिला सशक्तिकरण र प्रवासी जीवनका विविध पक्षमा केन्द्रित कार्यक्रम अत्यन्त भावनात्मक र आत्मीय वातावरणमा सम्पन्न भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कार्यक्रमको प्रमुख अतिथिको रूपमा सहभागी भएका मञ्चका युरोप इन्चार्ज रण खाति क्षेत्रीले श्रमिक आन्दोलनमा बेल्जियम मञ्चको सक्रिय भूमिका र संगठनात्मक सुदृढताप्रति प्रशंसा गर्दै बधाई ज्ञापन गरे । कार्यक्रममा श्रमिक आन्दोलनमा जीवन समर्पण गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो, जसले कार्यक्रमलाई सम्मानजनक ढंगले प्रारम्भ गर्यो ।कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष प्रकाश पौडेलले गर्दै प्रवासी नेपाली श्रमिकहरूको अतुलनीय योगदानको चर्चा गरे। उनले श्रमिक हकहितका लागि मञ्चले सञ्चालन गर्दै आएको अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य भिम सुबेदीले संसारभरि रहेका एनआरएनहरू र श्रमिकहरू परिपूरक भएको उल्लेख गर्दै एकआपसमा सहकार्य र समझदारी आवश्यक रहेको धारणा राखे । मञ्चका उपाध्यक्ष मनिष गुरुङले स्वागत मन्तव्य दिंदै श्रमिक अधिकार सुनिश्चित गर्न संगठनात्मक एकता, सचेतना र ऐक्यबद्धताको आवश्यकता औंल्याए ।कार्यक्रमका विशेष अतिथि तथा जन प्रगतिशील मञ्च पोर्चुगलका पूर्व अध्यक्ष राज गौतमले अन्तर्राष्ट्रिय सन्दर्भ जोड्दै नेपाली श्रमिकहरूले पनि अधिकारका लागि स्पष्ट, सचेत र संगठित रूपमा अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रमको सञ्चालन मञ्चकी महासचिव कल्पना मगरले गरेकी थिइन्। उनले महिला श्रमिकहरूको भूमिकाबारे सशक्त अभिव्यक्ति दिँदै उनीहरूको सशक्तिकरणका पक्षमा दृढ प्रतिबद्धता व्यक्त गरिन् ।

सांग्रिला समाजका अध्यक्ष मिन्ड गुरुङले श्रमिक वर्गकै मेहनतले समाज चल्ने भए पनि श्रमिकहरूको श्रमको सम्मान र सुरक्षामा अझै चुनौती रहेको उल्लेख गर्दै संगठित संघर्षको खाँचो औंल्याए । एनआरएन बेल्जियमकी उपाध्यक्ष सावित्री गिरीले महिला श्रमिकहरूको समस्याको विषयमा बोलेकी थिइन् । उनले महिलाहरूले लिंगगत र श्रम शोषणको दोहोरो भार बेहोरिरहेको उल्लेख गर्दै उनीहरूको हक र सम्मानका लागि अझ व्यापक अभियान आवश्यक रहेको बताइन् ।नेपाल पत्रकार महासंघ युरोप अध्यक्ष केजिन राईले युवाहरूको सक्रियता र नेतृत्व विकासमा जोड दिंदै श्रमिक आन्दोलनको भविष्य नै युवाको भूमिकाबाट निर्धारण हुने बताएका थिए । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष बिरमान मगर, पोर्चुगल मञ्च राष्ट्रिय समिति सदस्य नारायण भुर्तेल, तथा दिपेन्द्र हमालले मजदुर दिवसको ऐतिहासिक महत्वबारे प्रकाश पारे ।कार्यक्रममा मञ्चका कार्यसमिति सदस्यहरू, विभिन्न श्रमिक प्रतिनिधिहरू, तथा बेल्जियमस्थित नेपाली समुदायका शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सांस्कृतिक प्रस्तुति, नाचगान, शुभकामना आदान-प्रदान तथा बारबिक्यू भोजले कार्यक्रमलाई उत्सवमय र आत्मीय बनाएको थियो ।

तपाईको प्रतिक्रिया