Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख २०, २०८२
Saturday, May 3, 2025

काठमाडौं – भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली छात्रा प्रिसा साहले आत्महत्या गरेको बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै केआईआईटीले प्रिसा साहले आत्महत्या गरेको जानकारी दिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यस घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ तर कलेजले भने पहिल्यै आत्महत्या करार गरेर विज्ञप्ति निकालेको हो । विज्ञप्तिमा भनिएको छ ‘क्याम्पसमा एक छात्राको आत्महत्याको दुर्भाग्यपूर्ण घटनाबाट केआईआईटीका अधिकारीहरू गहिरो दुःखी र विचलित छन् । हामी भारी हृदयले हाम्रा एक छात्रा, नेपालकी बी.टेक कम्प्युटर साइन्स प्रथम वर्षमा अध्ययनरत एक युवतीको दुखद र असामयिक मृत्युमा गहिरो समवेदना व्यक्त गर्दछौं ।’

घटना थाहा पाएपछि, होस्टेलका अधिकारीहरूले तुरुन्तै स्थानीय प्रहरीलाई जानकारी गराएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका अनुसार प्रहरी घटनास्थलमा पुगे । उनीहरूको उपस्थितिमा छात्राको शव बरामद गरियो । उनलाई तुरुन्तै किम्स अस्पताल लगियो, जहाँ उनलाई मृत घोषित गरियो । त्यसपछि, थप प्रक्रियाहरूको लागि शवलाई एम्स भुवनेश्वरमा सारियो ।

खबर पाएपछि, वरिष्ठ प्रहरी अधिकारीहरू घटनास्थलमा पुगे र वैज्ञानिक टोलीसँगै सबै प्रक्रियाहरूको अनुगमन सुरु गरे । विश्वविद्यालय प्रशासनले तुरुन्तै विद्यार्थीको परिवारलाई जानकारी गराएको र प्रहरीलाई उनीहरूको अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको बताएको छ ।

बिहीबार साँझ भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली छात्रा मृत फेला परेकी थिइन् । वीरगन्ज निवासी प्रिसा साहको शव विश्वविद्यालयको होस्टेलमा फेला परेको हो ।

तपाईको प्रतिक्रिया