काठमाडौं – नेपाली मौलिक संगीतको संरक्षण र प्रवर्द्धनमा निरन्तर सक्रिय म्याग्दीकी सर्जक तथा गायिका कुमारी चेपाङले नयाँ लोकदोहोरी गीत ‘गामकी मायालु’ सार्वजनिक गरेकी छन् ।
सजना र मिठासले भरिएको यस गीतमा चेपाङसँगै चर्चित गायक सज्जन बोहराको स्वर सुन्न सकिन्छ । गीतकुमारी चेपाङ युट्युब च्यानल**मार्फत सार्वजनिक गरिएको हो ।
गीतमा सज्जन बोहराकै शब्द तथा लय समावेश गरिएको छ । प्रेमभावना प्रधान यस लोकदोहोरीमा सरल, सहज र मन छुने शब्द चयन गरिएको छ भने त्यसलाई मेल खाने कर्णप्रिय धुनले सजाइएको छ ।
गीतमा युवायुवतीबीचको माया-प्रेमका रोचक भलाकुसारीलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ, जसले गीतलाई अझ रमाइलो र सजीव बनाएको छ ।
गीतको म्युजिक भिडियो अनुभवी निर्देशक स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशनमा तयार पारिएको हो । भिडियोमा आनन्द गुरुङ र सिना थापा मगरको आकर्षक अभिनय देख्न सकिन्छ । दुवै कलाकारले अभिनयमार्फत प्रेमिल भावहरूलाई जीवन्त रूपमा उतारेका छन् ।
गीत सार्वजनिक भएसँगै श्रोतामाझ सकारात्मक प्रतिक्रिया आउन थालेको छ । धेरैले गीतको भाव, संगीत संयोजन र भिडियो निर्माण पक्षको प्रशंसा गरेका छन् ।