Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख २०, २०८२
Saturday, May 3, 2025

टोकियो – अमेरिकाको समृद्ध राज्य क्यालिफोर्नियाले ऐतिहासिक उपलब्धि हासिल गर्दै जापानको अर्थतन्त्रलाई उछिनेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) र अमेरिकी आर्थिक विश्लेषण ब्यूरोले सार्वजनिक गरेका ताजा तथ्यांकअनुसार क्यालिफोर्नियाको कुल गार्हस्थ उत्पादन (GDP) सन् २०२४ मा ४.१० ट्रिलियन डलर पुगेको छ, जबकि जापानको GDP ४.०१ ट्रिलियन डलरमा सीमित रहेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यससंगै क्यालिफोर्निया अब केवल अमेरिका (समग्र), चीन र जर्मनीपछि चौथो स्थानमा उभिएको छ । गभर्नर गेभिन न्युसमले यो उपलब्धिलाई ‘क्यालिफोर्नियाको विश्व नेतृत्व गर्ने क्षमताको प्रमाण’ भन्दै अर्थतन्त्रमा भएको प्रगतिलाई प्रशंसा गरे । ‘क्यालिफोर्निया केवल प्रतिस्पर्धा गरिरहेको होइन, हामी नै अहिले विश्वको गतिको मार्ग तय गरिरहेका छौं,’ उनले भने ।

कृषि, निर्माण, प्रविधि र मनोरञ्जन क्षेत्रको विशाल योगदानले क्यालिफोर्नियालाई अमेरिकाभित्रकै मात्र होइन, विश्वस्तरमै आर्थिक महाशक्ति बनाएको छ । सिलिकन भ्यालीको प्रविधि नेतृत्व, हलिउडको विश्वव्यापी सांस्कृतिक प्रभाव, तथा लस एन्जलस र लङ्ग बिचका प्रमुख बन्दरगाहहरू राज्यको व्यापारिक स्रोत हुन् । तर गभर्नर न्युसमको चेतावनी पनि स्पष्ट छ । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिलाई ‘अर्थतन्त्रको प्रगतिमा बाधा पुगाउने खतरनाक कदम’ भन्दै आलोचना गरे ।

ट्रम्प प्रशासनले चीनसहितका देशहरूबाट आयात हुने वस्तुहरूमा १०% देखि १४५% सम्मका कर लगाएको छ । चीनले जवाफी रूपमा अमेरिकी वस्तुहरूमा १२५% सम्मका ट्यारिफ लगाउँदै दुई राष्ट्रबीचको व्यापार सम्बन्ध तनावपूर्ण बनाएको छ । ‘हामीले हालसम्मको उपलब्धि मनाउन सक्छौं, तर संघीय सरकारको अराजक ट्यारिफ नीतिले हाम्रो आर्थिक स्थायित्वलाई खतरा पुर्‍याइरहेको छ,’ न्युसमले भने, ‘क्यालिफोर्नियाको समृद्धि मात्र राज्यको प्रश्न होइन यसले सम्पूर्ण अमेरिकी अर्थतन्त्रलाई चलायमान बनाउँछ । त्यसैले यसको सुरक्षा अत्यावश्यक छ ।’

जापानको अर्थतन्त्र घट्दो र वृद्धोन्मुख जनसंख्या, श्रमशक्ति अभाव र सामाजिक सुरक्षा खर्चमा तीव्र वृद्धिका कारण दबाबमा परेको छ । IMF ले यसै साता जापानको आर्थिक वृद्धिदरमा कटौती गर्दै ब्याजदर वृद्धिको गति पनि सुस्त हुने प्रक्षेपण गरेको छ । क्यालिफोर्निया तीव्र गतिमा अघि बढिरहेको छ। IMF को तथ्यांकअनुसार, उक्त सूचीमा परेको मुलुकहरूमध्ये क्यालिफोर्निया नै सबैभन्दा छिटो बढ्दो अर्थतन्त्र हो । –बीबीसी 

तपाईको प्रतिक्रिया