Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारले अभिव्यक्त गरेको व्यक्तिगत धारणा मात्रैका आधारमा चरम आलोचना भइरहेको भन्दै गम्भीर असन्तोष व्यक्त गरेका छन् । बिहीबार विराटनगरमा आयोजित कोशी प्रदेशको लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही समूहले असहिष्णुता प्रदर्शन गरिरहेको आरोप लगाए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘एक कलाकारले एउटा राजनीतिक विचारको सामान्य समर्थन गरे मात्र भनेर उनलाई सामाजिक सञ्जालदेखि सार्वजनिक मञ्चसम्म जिस्क्याइयो, हेला गरियो,’ प्रधानमन्त्री ओलीले भने, ‘उ त्यो पार्टीको नेता होइन, उ त एउटा कलाकार हो । उसले आफूले अनुभूत गरेको कुरा मात्र भन्यो। त्यो सहन नसक्ने जस्तो व्यवहार देखियो ।’

प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा कलाकार सुरक्षा पन्तप्रति देखिएको आलोचनालाई पनि असान्दर्भिक र अतिशयोक्तिपूर्ण भएको बताए । ‘एउटा बच्चाबारे सामान्य जिज्ञासामा उनले सकारात्मक प्रतिक्रिया दिएकी थिइन् । भनिन्, ‘गुड लुकिङ हुनुहुन्छ, कला क्षेत्रमा आउनुभयो भने मार्केट जम्छ जस्तो देखिन्छ ।’ अब यस्तो कुरा पनि नबोल्न पाइने ?’ ओलीको प्रश्न थियो ।

प्रधानमन्त्री ओलीले राजसंस्थाको सवाल उठाउँदै कलाकारमाथि गरिएको आलोचना पुरानै पञ्चायती सोचको झल्को भएको बताए । ‘हाम्रो संविधानमा राजसंस्था रहने व्यवस्था नै छैन । त्यो नभएको व्यवस्थाबारे कलाकारसँग सोधिएको थियो, उनले सहजै उत्तर दिइन् । तर त्यसपछि ती कलाकारमाथि जुन किसिमको बहिष्कारको भाषा बोलियो- जस्तो, उसको फिल्म नहेर्नु, गीत नसुन्‍नु, नृत्य नहेर्नु- त्यो कस्तो असहिष्णुता हो ?’ उनले प्रश्न गरे ।

प्रधानमन्त्री ओलीले विचार, अभिव्यक्ति र कलात्मक स्वतन्त्रताको सम्मान गर्न सबैलाई आग्रह गर्दै यस्ता घटनाले लोकतान्त्रिक मूल्य-मान्यतामाथि आँच पुर्‍याउने चेतावनी दिए ।

तपाईको प्रतिक्रिया