Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ बबीसिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओबारे प्रहरीसमक्ष प्रष्टीकरण दिएकी छन्। बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा उपस्थित यादवले उक्त घटना आफ्नो मामाघरको बिहे समारोहमा रमाइलोका लागि भएको बताउँदै, प्रयोग गरिएको पेस्तोल नक्कली भएको दाबी गरेकी हुन्।

सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार उक्त भिडिओ सर्लाहीमा खिचिएको हो र पेस्तोल पटाखा पड्काउन प्रयोग हुने नक्कली भएको प्रारम्भिक बुझाइ छ। पेस्तोल बारूद हालेर रमाइलो गर्न मिल्ने प्रकारको भएको जनाइएको छ। घटना वैशाख ११ गते मलंगवा नगरपालिका–५ मा भएको थियो। बसन्त कुमारकी छोरीको हल्दी समारोहमा नाचगानको क्रममा पेस्तोल पड्काइएको हो। भिडिओ सार्वजनिक भएपछि सर्लाही प्रहरीले मलंगवा–२ स्थित अन्जन कुमारको घरबाट उक्त पेस्तोल बरामद गरेको छ।

डिएसपी सरोज राईका अनुसार पेस्तोल परीक्षणका लागि काठमाडौं पठाइएको छ। हालसम्म कसैलाई पक्राउ नगरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ। पेस्तोल सक्कली हो कि नक्कली भन्ने पत्ता लगाउन परीक्षणको लागि प्रतिक्षा भइरहेको बताइएको छ।

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया