Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

टोकियो – जापानलाई कर्मथलो बनाउँदै आएकी गायिका ऋतु थापा मगरको नयाँ लोकदोहोरी गीत ‘तिम्रो माया’ सार्वजनिक भएको छ । गायक ऋषि खड्कासँगको युगल स्वरमा सजिएको गीत ऋतु थापा मगरको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गीतको शब्द र संगीत पनि ऋषि खड्काकै रहेको छ भने एरेञ्ज एचबिएन किस्मतले गरेका हुन् । प्रेमभावनाले भरिएको गीतमा सरल तथा प्रेमिल शब्द र कर्णप्रिय धुन समेटिएकाले दर्शक तथा श्रोताको मन जित्ने विश्वास लिइएको छ ।

‘तिम्रो माया’ को म्युजिक भिडियो जापानमै छायांकन गरिएको हो । तेजेन्द्र भण्डारीको निर्देशनमा तयार भएको भिडियोमा सुरज अर्याल, दीपा थापा मगर, मनोज भण्डारी र गायिका ऋतु थापा मगरको अभिनय देख्न सकिन्छ ।

विदेशी भूमिमा नेपाली कला-संगीतको प्रवर्धन गर्ने उद्देश्यले निर्माण गरिएको गीतले प्रवासमा बसेर पनि मौलिक संस्कृति जगेर्ना गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको छ ।

तपाईको प्रतिक्रिया