Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीविरुद्ध पक्राउ आदेशको पत्र जारी गरेका थिए। चौधरीमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरीसम्बन्धी अभियोगमा पक्राउ आदेश दिइएको थियो।

विष्टलाई हाल काठमाडौंको जिल्ला प्रहरी परिसरमा राखिएको छ र प्रहरी अधिकारीहरूले उनीसँग बयान लिइरहेका छन्। घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको बताइएको छ। यसअघि बुधबार, रेशम चौधरीलाई कमलादीस्थित प्रज्ञा भवनमा आयोजित पार्टी एकता कार्यक्रम स्थलबाट सादा पोशाकमा खटिएको प्रहरीले पक्राउ गरेको थियो। उनलाई अहिले डिल्लीबजार कारागारमा राखिएको छ।

विष्टद्वारा जारी पत्रको आधारमा गरिएको चौधरीको गिरफ्तारीले राजनीतिक क्षेत्रदेखि न्याय प्रणालीसम्म बहस सिर्जना गरिरहेको छ। घटनाको पूर्ण विवरण अझै सार्वजनिक भइसकेको छैन।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया