Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको बुधबार गरिएको पक्राउको वैधता अहिले कानुनी र राजनीतिक विवादको घेरामा परेको छ । चौधरी सीके राउत नेतृत्वको जनमत पार्टीसँग पार्टी एकता घोषणा गर्न प्रज्ञा भवन पुगेका बेला सादा पोशाकधारी प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरीलाई चाँडै रिहा गरिने दाबी गर्दै समर्थकहरूलाई संयमित रहन आग्रह गरेकी छन् । ‘रेशमजी छिट्टै छुट्दै हुनुहुन्छ । सम्पूर्णमा विश्वस्त रहन आग्रह गर्दछु,’ उनले सामाजिक सञ्जालमार्फत जनाएकी छिन् ।

यसबीच, चौधरीलाई सर्वोच्च अदालतको निर्देशनको आधारमा प्रहरीले डिल्लीबजार कारागारमा राखेको जनाएको छ । काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहोराका अनुसार सर्वोच्चको मुद्दा तथा रिट शाखाबाट आएको पत्रकै आधारमा चौधरी पक्राउ परेका हुन् ।

तर, चौधरीको पक्राउलाई लिएर सर्वोच्च अदालतभित्रै विवाद उत्पन्न भएको छ । स्रोतहरूका अनुसार सर्वोच्चका कुनै पनि न्यायाधीशबाट चौधरीलाई थुनामा पठाउने लिखित आदेश जारी नभएको स्पष्ट भएको छ । अदालतको मुद्दा तथा रिट शाखाले भने योगप्रसाद ढकाल (रिगल) को मुद्दामा २०८० कात्तिकमा भएको फैसला टेकेर चौधरीसम्बन्धी कार्यान्वयन पत्र पठाएको हो ।

उक्त पत्रमा शाखा अधिकृत मोहिमान सिंह विष्टको हस्ताक्षर रहेको र पत्र आजै नेपाल प्रहरी, डिल्लीबजार कारागार तथा अन्य सरोकार निकायमा पुगेको पुष्टि भएको छ । यद्यपि मुद्दा शाखाले न्यायिक आदेश बिना कुनै पनि अभियुक्तको पक्राउका लागि पत्र पठाउन नपाउने प्रावधान छ ।

रेशम चौधरीलाई २०७२ सालको टीकापुर घटनामा अदालतले जन्मकैदको फैसला सुनाएको थियो । तर, २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले दिएको आममाफीका आधारमा उनी रिहा भएका थिए ।

तपाईको प्रतिक्रिया