टोकियो – वैदेशिक रोजगारीका लागि संसारका विभिन्न देशमा जाने क्रममा जापानमा पनि नेपालीहरु आउने क्रम दिनप्रतिदिन बढ्दै गएको छ । जापान आउने नेपालीहरुको संख्यामा आएको वृद्धिसंगै यहाँ नेपालीहरुले झेल्नुपर्ने समस्याहरु पनि क्रमशः बढ्दै गएको पाईन्छ । नेपालीहरुले झेल्नुपर्ने समस्याहरुलाई हेर्दा विशेषगरी भाषा र रोजगारी मुख्यरुपमा देखिन्छन् । नेपालीहरुका लागि रोजगारी र भाषाको समस्यालाई ध्यानमा राख्दै आफ्नो सेवा सञ्चालन गर्दै आएको एउटा प्रतिष्ठित जापानी कम्पनीको नाम हो– के–लाइन ।
के–लाइन आफ्नो स्थापना कालदेखिनै जापानमा बस्ने बिदेशीहरुलाई रोजगारी उपलब्ध गराउँदै आएको कम्पनी हो । सुरुका दिनहरुमा यसले जापानमा रहेका ब्राजिलियनहरुलाई रोजगारी उपलब्ध गराउँदै आएको थियो भने पछिल्ला दिनहरुमा नेपालीहरुका लागि काम र भाषाकोे समस्यालाई मध्यनजर राख्दै रोजगारीको सेवा उपलब्ध गराउँदै आएको छ । हाल ४ सय जनाभन्दा बढी नेपालीहरुलाई जापानको विभिन्न सहरमा काम उपलब्ध गराउँदै आएको के–लाइन संभवत जापानको नेपाली भाषा अनुवादक सुविधा भएको छिटो र सहज ढंगले रोजगारी प्रदायक पहिलो कम्पनी हो ।
टोकियो, कानागावा, चिवा, गुन्मा, आइची, मिय लगायतका सहरमा के–लाइनले आफ्नो सेवा बिस्तार गरेको छ । आफ्नो पायक पर्ने स्थानमा सम्बन्धित ठाउँको कार्यालयमा सम्पर्क गरी सम्बन्धित क्षेत्रका नेपाली प्रतिनिधिले रोजगारीका बारेमा जानकारी गराउने यस कम्पनीको प्रावधान रहेको छ । के–लाइनले धेरै भन्दा धेरै नेपालीहरुलाई काम गर्न सजिलो र सहज वातावरण निर्माण गर्न नेपाली भाषानुवादकको पनि ब्यवस्था गरेको छ । जापानमा रहेका नेपालीहरुले भाषाको समस्या भोग्न नपरोस् भन्ने हेतुले के–लाइन अन्तर्गत हाल १७ जना नेपाली जापानी भाषानुवादकहरु स्थायी कर्मचारीकारुपमा कार्यरत रहेका छन् ।
बुद्धको देशका बासिन्दा नेपालीहरु असल मनका हुने, झैंझगडा नगर्ने, आपसमा मिलेर काम गर्ने, मिहेनती र शान्तिप्रेमी हुने भएकाले नेपालीहरुलाई उच्च प्राथमिकता दिदैं आएको सो कम्पनीका कार्यकारी प्रमुख मासाकाजु फुतागुची बताउनुहुन्छ । त्यसैले कम्पनीले नेपालीहरुसंग मिलेर काम गर्ने निर्णय गरेकोे उहाँको धारणा छ ।
अर्कोतिर जापानीहरुको नेपालीहरुप्रतिको दृष्टिकोण सकारात्मक भए पनि समयको महत्वलाई ध्यान नदिने, पूर्व जानाकारी बिना काममा बिदा बसिदिने र अचानक काम छोड्ने जस्ता कारण नेपालीहरुप्रतिको बिश्वसनीयतामा भने यदाकदा प्रश्नचीन्ह लाग्ने गरेको पाईन्छ । नेपालीहरुले यस्ता कमजोरी हटाउन सके उनीहरुले अझ बढी बिश्वास आर्जन गर्न सक्ने कम्पनीका वरिष्ठ अधिकारीहरु बताउनुहुन्छ । यसका साथै नेपालीहरुले आफु बसेको देश जापानको नियम कानूनको बारेमा पनि आधारभुत ज्ञान राख्न सकेमा धेरै राम्रो हुने उहाँहरुको सुझाव छ ।
के–लाइनको मुख्य विशेषता भनेको नेपालीहरुलाई काम गर्न सकेसम्म सहज र सजिलो वातावरणको निर्माण गरिदिनु हो । बिशेष गरी भाषाको समस्या रहेका नेपालीहरुलाई ध्यानमा राखेर सक्षम भाषा अनुवादकहरु व्यवस्था गरिदिनु के लाइनको सबैभन्दा सवल पक्ष हो । सामान्य अभिबादन मात्र गर्न जान्नेले पनि भाषा अनुवादकको सहयोगमा जापानीहरुसंग सजिलै काम गर्न सकिने वातावरण के लाईनमा उपलब्ध छ । वास्तवमा एउटै समुदायका धेरै जना नेपालीहरुले काम गर्ने वातावरण भएकोले काममा सहज हुनुका साथै निर्धक्क हुन सकिने अवस्था रहेको कम्पनीका अधिकारीहरुको भनाइ छ । यहाँ कार्यरत नेपालीहरुलाई के लाइनमा काम गर्दाको अनुभवबारे जिज्ञासा राख्दा धेरैजसोको एउटै जबाफ आउने गरेको पाईन्छ त्यो हो भाषाको समस्या खासै अनुभव गर्न नपरेको । अन्तरवार्ताका बेलामा नै कामका बारेमा नेपाली भाषामै बिस्तृत जानकारी गराईने भएकाले के–लाईनमा काम गर्न सहज हुने गरेको उनीहरुको अनुभव छ ।
यसैगरी भाषानुवादककारुपमा के लाइनमा प्रवेश गर्नुभएका अर्का पुराना नेपाली स्टाफ चन्द्र थकालीको अनुभव पनि करिव उस्तै छः नेपालीहरुले मुख्यरुपमा भोग्नुपर्ने समस्या भनेको भाषा नै हो । भाषाको समस्यालाई मध्यनजर गरी के–लाईनले सामान्य अभिवादन मात्र गर्न जान्नेलाई पनि काम गर्नसक्ने अवसर जुटाइदिएको छ । निकट भविष्यमा पनि नेपालीहरुका लागि थप अवसरहरु जुटाइदिने कम्पनीको योजना रहेको छ ।
कम्पनीको सबैभन्दा राम्रो लागेको पक्ष भनेको स्थायी कर्मचारीकारुपमा कम्पनीमा आएका नवप्रवेशीहरुलाई सुरुदेखिनै कामप्रतिको जिम्मेवारीबोध गराईदिने र उनीहरुलाई प्रशिक्षणद्वारा जापानमा एक जिम्मेवार नागरिक हुन प्रेरित गर्ने रहेको चितवनकी सुनिता ढुंगानाको बुझाई रहेको छ । कम्पनीले हरेक वर्ष नवप्रवेशीहरुलाई प्रोफेशनल विज्ञहरुद्वारा जापानको विजनेश म्यानर, विजनेश कम्युनिकेशन, कष्टमर डिलिङ, मिटिङ एरेञ्ज, फिल्ड भिजिट जस्ता विषयमा प्रशिक्षण गराईने हुँदा काममा जापानको सिष्टम अनुसार चल्न र काम गर्न सहज भएको सुनिताको अनुभव छ । विद्यार्थीमा आएकी सुनिता विगत ३ वर्षदेखि जापानमा छिन् भने के-लाइनमा काम गर्न थालेको १ वर्ष भयो । म्यानेजमेन्टमा माष्टर्स गरेकी सुनिता के-लाइनको ताचिकावा शाखामा कार्यरत छिन् । के-लाइनको जागिरे जीवन सन्तोषप्रद नै रहेको उनी बताउँछिन् ।
यसैगरी विगत ५ वर्षदेखि जापानमा रहेकी गीता बानियाँ पनि के-लाइनमा विगत १ वर्षदेखि काम गर्दै आईरहेकी छिन् । कम्पनीमा थुप्रै सिनियर कर्मचारीहरु नेपालीहरु नै भएकोले भाषाका कारण काममा समस्या नहुने यस कम्पनीको विशेषता रहेको उनी बताउँछिन् । हामीले जीवनमा जान्नैपर्ने धेरै महत्वपूर्ण कुराहरु के-लाइनमा जोडिएपछि सिक्न पाएको उनको अनुभव छ । उनी के-लाइनको आइची शाखामा कार्यरत छिन् । यस्तै के-लाइनको मियकेनमा कार्यरत अर्का विवश तामाङ पनि १ वर्ष अगाडि यस कम्पनीमा जोडिन आईपुगेको बताए । जापानमा ३ वर्ष बिताईसकेका उनी के-लाइनको स्थाथी कर्मचारीकारुपमा प्रशिक्षण लिईरहँदा आफुलाई अरु जिम्मेवारी थपिएको अनुभव सुनाए । स्याइन भईसकेपछि पालना गर्नैपर्ने आधारभूत नियम, अनुशासन र शिष्टाचारका बारेमा पोख्त बनाउन कम्पनीले यति धेरै महत्व दिएर हरेक वर्ष राखिने प्रशिक्षण कार्यक्रमबाट प्रशिक्षित हुन पाउँदा आफु परिपक्व भएको महशुस गराएको बताए ।
नवप्रवेशी स्याइनहरुका लागि राखिएको कम्पनीको वार्षिक प्रशिक्षण कार्यक्रमका अर्का सहभागी नुवाकोटका ईश्वर राईको अनुभव पनि करिव उस्तै छ । उनी पनि के-लाइनमा १ वर्ष अगाडि जोडिएका हुन् । ‘कम्पनीका अधिकारीहरुका साथै सिनियर नेपालीहरुको सहयोगी भावना र मैत्रिपूर्ण सद्भावले गर्दा काम गर्ने वातावरण सौहार्द्रपूर्ण छ ।‘ – उनी भन्छन् – ‘यो कम्पनीमा आएपछि मैले धेरै कुरा सिक्न पाँए, सबैभन्दा ठूलो कुरो त प्रोपर म्यानर भनेको के हो त्यो बुझें ।‘
कम्पनीका प्रबन्ध निर्देशक समेत रहेका जनशक्ति व्यवस्थापन तथा विशिष्ट सीपयुक्त कामदार डिपार्टमेन्टका प्रमुख जुनिची उचिदाका अनुसार के–लाइनको भावी कार्ययोजना भनेको जापानमा रहेका नेपालीहरुसंग सहकार्य गर्दै उनीहरुका लागि थप कार्यक्षेत्र बिस्तार गर्दै जाने रहेको छ । तसर्थ नेपालबाट आउनुभएका जो कोही नेपालीहरु जापानमा कामको समस्या छ भने निसंकोच हामीलाई सम्पर्क गर्नुहोला । जापानमा तपाईहरुका लागि रोजगारीको बन्दोबस्त मिलाईदिने भरपर्दो साथीका रुपमा के–लाइन सँधै यहाँहरुकै सेवामा हाँजिर छ ।
प्रस्तोताः तिलक मल्ल