Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

टोकियो – आज टोकियोमा कर्णाली साँगीतिक साँझ विशेष कार्यक्रममा कलाकारहरुले कर्णाली तथा सुदूरपश्चिमका भाकामा भाका हाल्दा दर्शक-स्रोताहरु मनग्गे झुमे-झुमाईए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपालबाट आमन्त्रित अतिथि कलाकारहरु चक्र बम, इब्शल सञ्ज्याल र उत्तम शर्माको विशेष साँगीतिक प्रस्तुतीमा दर्शकहरु मनग्गे झुमेका हुन् ।

कर्णाली प्रदेश समाज जापानको आयोजनामा भएको सो साँगीतिक कार्यक्रममा जापानमै रहेका कलाकारहरु कामना फगामी मगर, झरना बोहोरा, बिनु खड्का, शिरिष गौतम लगायतका कलाकारहरुले साथ दिएका दिए ।

सुदूरपश्चिमका मौलिक सँस्कृतिमा आधारित देउडा, टप्का लगायतका भाकामा भाका मिलाउँदा टोकियोमा कर्णाली गुञ्जिएको हो । गायक चक्र बमले आफ्ना थुप्रै बहुचर्चित गीतहरुमध्य आधा दर्जन जति गीतहरु गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाए ।

समाजका अध्यक्ष कृष्ण शाहीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि एनआरएनए आइसीसी उपाध्यक्ष रोबिन शेरचन, एनआरएन जापानका अध्यक्ष नविन निउरे, कोषाध्यक्ष दिपक सुनार, कर्णाली प्रदेश समाजका सल्लाहकार जनकबिक्रम शाही लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

समाजका महासचिव हिमप्रकाश थापाको सञ्चालन रहेको सो औपचरिक कार्यक्रममा समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक बीरेन्द्र शाहीको स्वागत मन्तब्य रहेको थियो ।

नेपालबाट आमन्त्रित अतिथि कलाकार गायिका इब्शल सञ्ज्यालले सुदूरपश्चिमेली गीत गाउँदा दर्शकदीर्घाबाट तालीको गडगडाहटले साथ दिएका थिए । यसैगरी अर्का अतिथि कलाकार उत्तम शर्माको नृत्यलाई पनि दर्शकहरुले निकै मन पराए ।

कर्णालीका विपन्न तथा लोपोन्मुख समुदायका बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमको सहआयोजकमा सुदूरपश्चिमेली समाज जापान र राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जापान शाखा रहेको थियो । उक्त कार्यक्रमको साँगीतिक चरणमा प्रतिष्ठान जापान शाखाका सचिव समुन्द्रराज पौडेलको सञ्चालन रहेको थियो । कार्यक्रममा उत्साहजनक दर्शकहरुको उपस्थिति रहेको थियो । ***
भिडियो हेर्नका लागि यहां क्लिक गर्नुहोला । 
भिडियो हेर्नका लागि यहां क्लिक गर्नुहोला । 
उत्तम शर्माको नृत्य 

ईब्शल सन्ज्यालको प्रस्तुति
चक्र बमको क्रेज

तपाईको प्रतिक्रिया