Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

टोकियो – जापानको प्रमुख बैंकमध्ये एक सुमितोमो मित्सुई बैंकिङ कर्पोरेसनको प्रणालीमा आएको अचानक गडबडीका कारण जापानको पश्चिमी क्षेत्रमा रहेका करिब ५० स्थानमा एटीएम सेवा अवरुद्ध भएको छ । ह्योगो र ओसाका प्रिफेक्चरमा केन्द्रित ती एटीएमहरू मंगलबार बिहानदेखि नै सञ्चालनमा आउन सकेका छैनन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बैंकका अनुसार सेवा अवरुद्ध हुने समस्या बिहान करिब १:२० बजे देखिएको हो । ‘हामी यस घटनाबाट ग्राहकमा पर्न गएको असुविधा र उत्पन्न चिन्ताप्रति गहिरो माफी प्रकट गर्दछौं,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रणालीको समस्या के कारणले उत्पन्न भयो भन्ने विषयमा हाल अनुसन्धान भइरहेको बैंकले जानकारी दिएको छ । यद्यपि, प्रभावित शाखाका खाताधारकहरूले आफ्नो नगद कार्ड तथा परिचयपत्र (जस्तै ड्राइभरको लाइसेन्स) साथ लिएर तोकिएका वैकल्पिक स्थानहरूबाट अस्थायी रूपमा रकम झिक्न सक्ने व्यवस्था गरिएको बैंकले स्पष्ट पारेको छ ।

बैंकले आइतबारदेखि दुई दिनको अवधिमा नयाँ लेखा प्रणालीमा रूपान्तरण गर्ने तयारी गरिरहेको छ । तर, सार्वजनिक सम्बन्ध शाखाका एक अधिकारीका अनुसार अहिलेको प्रणाली अवरोध सो परिवर्तनसँग सम्बन्धित नरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया