Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–२, ठेहे गाउँकी १६ वर्षीया पुष्पा बोहरा भण्डारीको आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत आकस्मिक उद्धार गरिएको छ। सुत्केरी हुने समय अझै डेढ महिना बाँकी रहे पनि स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई उपचारका लागि सुर्खेत लगिएको हो।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. प्रतीक्षा भारतीका अनुसार, आइतबारदेखि अचानक उच्च रक्तचाप देखा परेपछि भण्डारीलाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। जाँचका क्रममा उनलाई प्रसव पीडा सुरु भइसकेको, अत्यधिक रक्तस्राव भइरहेको र गर्भमा रहेको शिशुको अवस्था असामान्य रहेको पाइयो—शिशुको टाउकोको साटो साल अगाडि आएको थियो। यस्तो अवस्थामा शल्यक्रिया आवश्यक पर्ने भए पनि हुम्लामा आवश्यक उपकरण र दक्ष जनशक्ति अभाव भएका कारण उनलाई प्रादेशिक अस्पताल सुर्खेत ‘रेफर’ गरिएको हो।

उद्धार कार्य सिमकोट गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय, जिल्ला प्रशासन कार्यालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा राष्ट्रपति महिला उत्थान कोष कार्यक्रमअन्तर्गत सम्पन्न गरिएको हो। अहिले भण्डारीको सुर्खेतको प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया