Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले करिब १८ अर्ब रुपैयाँ बराबरको अवैध वित्तीय कारोबारमा संलग्न २१ जनालाई विभिन्न ११ जिल्लाबाट पक्राउ गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रहरीका अनुसार पक्राउ परेकाहरूले विदेशबाट प्राप्त विप्रेषण रकमलाई आन्तरिक विप्रेषणको आवरणमा अवैध रूपमा परिचालन गर्दै नेपालमा ठूलो मात्रामा रकमको कारोबार गरेका थिए । प्रारम्भिक अनुसन्धानले उनीहरूले करिब १७ अर्ब ८६ करोड ७० लाख रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेको देखाएको छ ।

सीआईबीका अनुसार आन्तरिक विप्रेषण बन्द भइसकेपछि विदेशबाट आउने रकमको प्रवाहमा अवरोध गर्दै अवैध सञ्जालमार्फत कारोबार सञ्चालन भएको थियो । भन्सार छली, अवैध सुन कारोबार र कर छलजस्ता आपराधिक गतिविधिसँग उनीहरू संलग्न रहेको पाइएको छ ।

पक्राउ परेकाहरूले ‘सजिलो पे’ र ‘पेवेल नेपाल प्रालि’ जस्ता डिजिटल वालेट कम्पनी प्रयोग गरी रकम विभिन्न बैंक खातामा जम्मा गर्थे र त्यसपछि मनी ट्रान्सफर कम्पनीहरू मार्फत ई-मनीमा रूपान्तरण गरी विदेशी कामदार तथा विद्यार्थीका आफन्तहरूको खातामा रकम ट्रान्सफर गर्दै आएका थिए ।

पक्राउ पर्नेहरूमा मोरङ, महोत्तरी, सप्तरी, सर्लाही, धनुषा, पर्सा, नवलपरासी, चितवन लगायत जिल्लाका नागरिकहरू छन्। तीमध्ये विरेन्द्र प्रसाद साह, दिपेन्द्र प्रसाद साह, श्रवण कुमार साह, तारालाल यादव, हरेराम महतो, निरोज कुमार महतो, अलिता देवी महतो, प्रकाश सिंह, अरुण कुमार साह, प्रदिप कुमार साह, संजिव कुमार महतो, राजकमल लोनिया, भिमकुमारी गुरुङ, राम विलास साह तेली, ममता कुमारी साह, बिकर्ण जंग राणा, गणपति पाण्डे, सलमा खातुन, शुसिला कुमारी साहु, गोविन्द प्रसाद आचार्य र सम्भु मेहता रहेका छन् ।

उनीहरूले डीएस ट्रेडर्स, डिप ज्योति ट्रेडर्स, रिया ट्रेडर्स, आनन्द ट्रेडर्स, न्यू सन्ध्या इन्टरप्राइजेज, एलिटा मनी ट्रान्सफर, श्री अञ्जल इन्टरप्राइजेज लगायतका कम्पनी र एजेन्सीहरू प्रयोग गरी कारोबार गरेका थिए ।

नेपाल राष्ट्र बैंकको निर्देशनविपरीत अवैध कारोबार गरेको आरोपमा उनीहरूविरुद्ध राष्ट्र बैंक ऐन, २०५८ अनुसार अनुसन्धान अगाडि बढाइएको छ । प्रहरीले थप अनुसन्धान जारी रहेको र संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया