Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा लोकतन्त्रको नाममा निरंकुशता र लुटतन्त्र मौलाइरहेको आरोप लगाएका छन् । सोमबार काठमाडौंको शान्तिबाटिकामा राप्रपा नेपालले आयोजना गरेको सभामा सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

लिङ्देनले देशले अहिले गम्भीर संकट भोगिरहेको उल्लेख गर्दै भने, ‘लोकतन्त्र र मानवअधिकारका कुरा गर्नेहरूले नै चैत १५ गतेको घटनाबाट यसको खिल्ली उडाए । देशमा फैलिएको निरंकुशता र लुटतन्त्र अन्त्य गर्न हामी बाहेक अर्को विकल्प छैन ।’

उनले आग्रहपूर्वाग्रह त्यागेर देशलाई निकास दिन सबैलाई आग्रह गरे। राजसंस्थाको पक्षमा आवाज उठाउनेहरूलाई दमन गरिएको भन्दै उनले चैत १५ गतेको घटनाको निष्पक्ष न्यायिक छानबिन हुनुपर्ने मागसमेत गरे ।

राप्रपा अध्यक्ष लिङ्देनले राजसंस्था पुनर्स्थापना, हिन्दुराष्ट्र घोषणासहित संघीयता खारेजका पक्षमा गरिने सबै कार्यक्रमहरूप्रति आफ्नो पार्टीको ऐक्यबद्धता रहेको स्पष्ट गरे । ‘हामी सबैसँग मिलेर अघि बढ्न तयार छौं,’ उनले भने ।

लिङ्देनले देशभक्त र राष्ट्रवादी शक्तिहरूबीच एकता अपरिहार्य रहेकोमा जोड दिए । पूर्वाग्रह र भेदभाव परित्याग गरी राष्ट्रहितमा समर्पित हुन उनले सबै पक्षसँग अपिल गरे ।

कमल थापा र राजेन्द्र लिङ्देनबीचको सम्बन्धबारे पनि चर्चा गरिएको थियो । विगतमा राप्रपाको नेतृत्वका लागि प्रतिस्पर्धा गर्दा उनीहरूबीच मतभेद देखिएको थियो । कमल थापाले पार्टी विभाजन गर्दै नयाँ पार्टी गठन गरेका थिए । तर पछिल्ला दिनहरूमा राजसंस्था पक्षमा साझा अभियानका कारण लिङ्देन र थापा पुनः नजिकिएको देखिन्छ ।

तपाईको प्रतिक्रिया