Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १५, २०८२
Monday, April 28, 2025

टोकियो – जापानकी सबैभन्दा वृद्ध नागरिक ओकागी हायाशीको ११५ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । जापानको स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको जानकारी अनुसार, गिफु प्रान्तस्थित आफ्नै जन्मथलो तोकी सहरमा शनिबार बिहान उपचारका क्रममा उनको निधन भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सन् १९०९ सेप्टेम्बर २ मा जन्मिएकी हायाशी गत वर्ष डिसेम्बरमा टामिको इतोओकाको निधनपछि जापानकी सबैभन्दा जेठी नागरिकको रूपमा परिचित भएकी थिइन् । ११६ वर्षको उमेरमा संसारकै सबैभन्दा वृद्ध व्यक्ति रहेकी इतोओकाको निधनपछि हायाशीले यो स्थान हासिल गरेकी थिइन् ।

हायाशीको निधनसँगै अहिले जापानकी सबैभन्दा वृद्ध नागरिकको उपाधि ११४ वर्षीया मिने कोंडोले प्राप्त गरेकी छन् । उनी आइची प्रान्तको कोटा नगरमा बसोबास गर्छिन् । विश्वमा दीर्घायु व्यक्तिहरूको उल्लेख्य संख्या रहेको जापानमा यस्ता खबरले दीर्घायु जीवनशैलीप्रतिको चासो र अध्ययनलाई अझ बलियो बनाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया