Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १५, २०८२
Monday, April 28, 2025

काठमाडौं – शिक्षक आन्दोलनमा ऐक्यबद्धता प्रकट गर्न पुगेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल नाराबाजीपछि धारणा सार्वजनिक नगरी फर्किन बाध्य भएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौंमा २७ दिनदेखि जारी आन्दोलनमा समर्थन जनाउन बिजुलीबजार पुगेका उनीहरूलाई शिक्षकहरूले ‘राजनीति नगर’ भन्दै नारा लगाएका थिए । नाराबाजी बढेपछि नेता नेपाल र खनाल आफ्नो मन्तव्य बिना नै प्रदर्शनस्थलबाट फर्किएका हुन् ।

यसअघि सोमबार नयाँ बानेश्वरमा पनि एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र अन्य नेताहरू उपस्थित भएका थिए । त्यहाँ समेत आन्दोलनरत शिक्षकहरूले उनीहरूविरुद्ध नाराबाजी गर्दै संसदमा आफ्नो आवाज उठाउन दबाब दिएका थिए ।

माइकिङमार्फत ‘यहाँ नआउनुहोस्, संसदमा आवाज उठाउनुहोस्’ भन्ने आह्वानपछि नेताहरू प्रदर्शनस्थलबाट बाहिरिएका थिए । बाहिरिंदै गर्दा अध्यक्ष नेपालले छोटकरीमा भने, ‘अरू केही भन्न चाहन्न, हाम्रो ऐक्यबद्धता आन्दोलनसँग छ ।’

तपाईको प्रतिक्रिया