Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १५, २०८२
Monday, April 28, 2025

काठमाडौँ – नेपाली गायक सुशान्त केसीको लोकप्रिय गीत ‘बार्दली’ अब हिन्दी भाषामा पनि सुन्न पाइने भएको छ। भारतीय संगीत कम्पनी ‘टी–सिरिज’ले सो गीतको हिन्दी संस्करण ‘उफ’ शीर्षकमा सोमबार सार्वजनिक गरेको हो।

टी–सिरिजले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हिन्दी भर्सनले छोटो समयमा नै ठूलो प्रतिक्रिया पाएको छ। रिलिज भएको जम्मा तीन घण्टामै भिडियोले १ लाख ९४ हजारभन्दा बढी भ्यूज बटुल्न सफल भएको छ। हिन्दी संस्करणको भिडियोमा सुशान्त केसीसँगै चर्चित नेपाली अभिनेत्री स्वस्तिमा खड्का पनि देखिएकी छन्। भिडियोको लोकेसन र मूड नेपाली संस्करणकै जस्तै भए पनि यसपटक नेपाली संस्करणमा देखिएका अन्य कलाकारहरूलाई भने समावेश गरिएको छैन।

‘बार्दली’ गीत नेपाली दर्शक तथा स्रोतामाझ अत्यन्तै लोकप्रिय भएको थियो र यसले युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत स्थान बनाएको थियो। टी–सिरिजले यसअघि पनि नेपाली कलाकारहरूसँग सहकार्य गर्दै आएको छ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया