समाचार सुन्नुहोस :
काठमाडौँ – पाकिस्तानले शनिबार राति लगातार चौथो दिन पनि नियन्त्रण रेखा (एलओसी) मा भारतीय चौकीहरूमा गोलाबारी गरेको भारतले जनाएको छ। कुपवाडा र पुंछ क्षेत्रमा गोलाबारी भए पनि मानवीय वा भौतिक क्षतिको खबर छैन। भारतीय सेनाले जवाफी कारबाही गरेको थियो।
अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको ६ दिनपछि, उपराज्यपाल मनोज सिन्हाले विशेष सत्र बोलाएका छन्। आक्रमणमा २६ जना पर्यटक मारिएका थिए। त्यसयता सुरक्षाबलले उपत्यकामा खोजी अभियान चलाइरहेका छन् र हालसम्म १० जना संदिग्ध आतंककारीहरूको घर ध्वस्त पारेका छन्।
यसै क्रममा, कश्मीरी संगठनका नेताहरूले निर्दोष नागरिकहरूको घर भत्काउन रोक्न आग्रह गरेका छन्। हुर्रियत कन्फरेन्सका अध्यक्ष मिरवाइज उमर फारुकले केन्द्र सरकारलाई कारबाहीमा संयमता अपनाउन भनेका छन्। एजेन्सीका अनुसार, पहलगाम आक्रमणमा करिब ७ जना आतंककारी संलग्न थिए।