Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यकाल सकिन चार महिना बाँकी छँदै हटाइयो । उनलाई पदच्युत गरेपछि देशव्यापी आक्रोश उब्जेको छ । संसददेखि सडकसम्म उनको समर्थनमा आवाज उठिरहेका छन् । कुलमानले पनि सर्वोच्च अदालतको ढोका ढक्ढक्याए, तर अदालतबाट अनुकूल आदेश नआएपछि पत्रकार सम्मेलनमार्फत केही समय लिएर आगामी निर्णय लिने बताएका उनी अहिले विभिन्न क्षेत्र र तहका व्यक्तिहरूसँग संवादमा छन् । कुलमान अब कसरी अगाडि बढ्लान् ? यो आम जिज्ञासा हो । यसै जिज्ञासाको सेरोफेरोमा रहेर समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंश :-

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको कार्यकाल सकिनुभन्दा चार महिना अगाडि हटाउने निर्णय किन भयो होला ?
यो त सरकारलाई नै थाहा हुने कुरा भयो, म केही भन्न चाहन्न । म उत्तेजित वा हतोत्साहित भएको छैन । किनकि एक इमानदार राष्ट्रसेवकका रुपमा मैले आफ्नो कार्यकाल समीक्षा गर्दा पछुतो गर्नुपर्ने कुनै काम गरेको छैन, अवसर र अधिकारलाई सदुपयोग गर्ने एक क्षण पनि खेर फालेको छैन ।

यति लामो समय देशका लागि योगदान दिनुभयो, अहिले आएर अप्रिय रुपमा बहिर्गमन हुनुपर्दा कतिको दुःख लागेको छ ?
मैले आफ्नो जीवनको उर्बर ३० वर्ष विद्युत प्राधिकरणमार्फत देश र जनताका निम्ति खर्चिएँ । विभिन्न जिम्मेवारीमा रहेर आफ्नो बलबुताले भ्याएसम्म देश हितका लागि योगदान गरेँ । यो योगदानलाई राज्यले पुरस्कृत गर्नुपर्नेमा दण्डित गर्ने अवस्था भयो । यसमा के भनौं । सरकारलाई धन्यवाद छ ।

हिजोआज के गर्दै हुनुहुन्छ ?
सिधा भन्ने हो भने अहिले केही पनि गरेको छैन । म ५४, ५५ वर्षको भएँ । यो उमेर सक्रिय रहने, अझै केही योगदान दिने उमेर हो । म त्यसै चुप लागेर बस्न सक्दिनँ । देश, समाज र जनताको भलो हुनेगरी के गर्न सक्छु ? कस्तो बाटो रोज्दा सकारात्मक प्रभाव पार्न सक्छु ? यिनै विषयमा गहिरो सोच्दैछु । एक हिसाबले आत्ममन्थनको चरणमै छु अहिले ।

अनि कसरी अगाडि बढ्ने भन्नेमा केही निष्कर्षमा पुग्नुभएको छ ?
अहिलेसम्म ठोस निर्णयमा त पुगेको छैन । तर, एउटा कुरा पक्कै प्रष्ट छ – अब जे गर्छु, त्यसले समाजमा ‘पजिटिभ इम्प्याक्ट’ पार्नैपर्छ । समाजलाई फाइदा हुने काममै लाग्नुपर्छ भन्ने मान्यता राखेको छु । अहिले विभिन्न तह र क्षेत्रका व्यक्तिहरूसँग छलफल, संवाद गर्दैछु । सोच, विचार र सल्लाह संकलनको प्रक्रियामा छु ।

कुन क्षेत्र र तहका व्यक्तिहरूसँग भेटघाट भइरहेको छ ?
त्यो अहिल्यै खुलाउने मन छैन । भेटघाट त धेरैसँग भइरहेको छ । सामाजिक क्षेत्र, निजी क्षेत्र, प्राविधिक क्षेत्र, सम्भावित राजनीतिक पक्षहरूसँग पनि । तर, नाम या पृष्ठभूमि अहिले सार्वजनिक गर्नु उपयुक्त लाग्दैन ।

तपाईंलाई राजनीतिमा आउन धेरैले सुझाव दिइरहेका छन् भन्ने चर्चा छ । त्यसतर्फ मन जाँदैछ त ?
धेरैले भनेका छन्, सुनेको छु । सुझाव दिनु हुने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु । तर, मलाई लाग्छ, जुनसुकै क्षेत्रमा बसेर पनि देशका लागि योगदान दिन सकिन्छ । राजनीति एउटा माध्यम अवश्य हो, तर त्यही मात्र बाटो हो भन्न सकिन्न । संवादका लागि म सबै क्षेत्रसँग खुला छु । तर अहिलेसम्म राजनीतिक निर्णय लिएको भने छैन ।

भनेपछि अब तपाई बिस्तारै राजनीतिमा देखिनुहुन्छ ?
यो भन्नु अहिले अलिक चाँडो हुन्छ । आउन पनि सक्छु, नआउन पनि सक्छु । म आफै खुला भएर सोच्दैछु । निर्णय लिन अझै केही समय लाग्छ । एक पटक भित्री रूपमा पूर्ण विश्वस्त भएपछि मात्रै म केही सार्वजनिक रूपमा घोषणा गर्नेछु । म यो कुरा गर्वका साथ भन्नसक्छु, मैले प्राधिकरणमा रहेर लोडसेडिङ अन्त्य गर्नेदेखि, संस्थालाई नाफामा लगेर जनतालाई सुविधा दिनेसम्मका कार्यहरू इमान्दारीपूर्वक सम्पन्न गरेको छु । यी सबै कार्यहरू नतिजामुखी नेतृत्व र जवाफदेहितामा आधारित थिए । मेरो प्रतिबद्धता सधैं जनताको सेवाप्रति समर्पित रहनेछ । राष्ट्र निर्माणमा जहाँ मेरो आवश्यकता पर्छ, त्यहाँ योगदान दिन म सदैव तयार छु ।

तपाईलाई धेरैले ‘नेशनल हिरो’ भन्न थालेका छन्, तपाईप्रतिको विश्वास र अपेक्षा निकै उच्च देखिन्छ । यसले तपाईलाई राजनीति रोज्न दबाब दिन्छ कि ?
दबाब त होइन । तर, यस्तो सम्मान र विश्वास पाउनु ठूलो कुरा हो । त्यसले जिम्मेवारी पनि थपिदिन्छ । म सबैप्रति आभार प्रकट गर्न चाहन्छु । तर, ‘हिरो’ भन्नाले राजनीतिमा नै जानुपर्छ भन्ने छैन । जे गर्दा जनताले अनुभूति गर्न सकून् कि ‘यो मानिसले केही राम्रो गर्‍यो ।’ म त्यही बाटो रोज्न चाहन्छु ।

तपाईंको समर्थनमा सामाजिक सञ्जालदेखि सडकसम्म आवाज उठिरहेको छ । उनीहरुलाई के भन्न चाहनुहुन्छ ?
देशमा आशा जगाउने एउटा संस्था जोगाउन सुरुदेखि आम जनसमुदायले मलाई र हाम्रो टीमलाई सहयोग र हौसला दिइराख्नु भएको छ । अहिले पनि जुन हिसाबले हाम्रो लागि आवाज उठाइरहनु भएको छ, त्यसका लागि एकदमै आभारी छौं । सबैलाई धन्यवाद भन्न चाहन्छु ।

अन्त्यमा, के भन्न चाहनुहुन्छ ?
म नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमान्दारीपूर्वक पूरा गर्ने क्रममा खटिरहेँ । यस दौडानमा राष्ट्रसेवक कर्मचारीलाई हतोत्साही एवम् अपमानित बनाउने दुराशय सफल भएकोमा कतिपय व्यक्ति, समूह वा शक्तिले आफूलाई सफल ठानेका होलान् । तर त्यसबाट म हतोत्साहित भएको छैन । नेपालको संविधान तथा प्रचलित कानूनको परिधिभित्र रहेर निष्ठाकासाथ दिनरात देश र जनताको सेवामा आफूलाई समर्पित गर्न पाएकोमा मलाई गौरव महसुस हुन्छ । के गर्दा यो देशको भलो हुन्छ ? म जनतामाझै छु, निर्णयमा पुग्ने क्रममा तिनकै आवाज सुन्छु ।

तपाईको प्रतिक्रिया