Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १५, २०८२
Monday, April 28, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवलशमशेर राणा राज्यविरुद्ध अपराध गरेको अभियोगमा प्रहरी अनुसन्धानको दायरामा छन्। चैत १५ गते तीनकुनेमा पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भएको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु र सम्पत्ति क्षति भएपछि राणामाथि अनुसन्धान सुरु गरिएको हो।

दुर्गा प्रसाईँ र नवराज सुवेदी नेतृत्वमा आयोजित आन्दोलनमा राणा अग्रपंक्तिमा थिए। पक्राउ परेका राणा वैशाख ७ मा चिकित्सकीय कारणले रिहा भएका थिए। जिल्ला प्रहरी परिसर, काठमाडौँका एसएसपी विश्व अधिकारीका अनुसार भारतमा क्यान्सर उपचार गर्नुपर्ने चिकित्सकको सिफारिसका आधारमा राणा रिहा गरिएका हुन्।

अनुसन्धानका क्रममा राणाले राज्यविरुद्धको कुनै आपराधिक गतिविधिमा संलग्न नभएको दाबी गरेका छन्। उनी प्रदर्शनमा सहभागी भए पनि हिंसात्मक कार्यमा संलग्न नभएको बताएका छन्। भारतमा उपचारपछि फर्किएका राणाको परिवारले उनको क्यान्सर परीक्षण ‘अल क्लियर’ आएको जानकारी दिएको छ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया