Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १५, २०८२
Monday, April 28, 2025

काठमाडौं – कैलालीको धनगढीमा केन्द्रीय कार्यालय रहेको नवजीवन सहकारीले आफ्नै ब्रान्डमा उत्पादन गरेको चामल काठमाडौंमा पनि ल्याएको छ । सहकारीका अध्यक्ष देबहादुर बमका अनुसार २५ केजीका सय बोरा चामल काठमाडौंमा ल्याएर बिक्री सुरु गरिएको छ । सहकारीले चामल बजारीकरणका लागि शनिबार काठमाडौंमा सेयरसदस्य र सरोकारवालासँग छलफल गरेर आफ्नो उत्पादनबारे जानकारी दिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अध्यक्ष बमका अनुसार कैलालीको गोदावरी नगरपालिका-८ मजगाउमा रहेको खाद्य उद्योगबाट उत्पादित मोटो र मसिनो चामल बिक्री भइरहेको छ । यसअघि सहकारीका १० वटै सेवा केन्द्रबाट बिक्री भइरहेकोमा अब काठमाडौंमा पनि बिक्री थालिएको उनले बताए । ‘काठमाडौंमा बजारको अवस्था हेरेर डिलर र सबडिलरसँग जोड्नेछौँ, उनले भने, ‘आगामी असारभित्र काठमाडौंमा पनि सेवा केन्द्र सञ्चालन हुँदैछ । यसले बजारीकरणमा अझ सहयोग पुग्छ ।’ सहकारीले कैलाली, कञ्चनपुर र बर्दियाका १० ठाउँमा सेवा केन्द्रमार्फत सहकारी कारोबारसँगै चामल बिक्री गरिरहेको छ ।

सहकारीले पहिलो चरणमा १६ हजार २८ क्विन्टल धान खरिद गरेको थियो। हालसम्म कैलाली, कञ्चनपुर र बर्दियामा ६ सय क्विन्टल चामल बिक्री भइसकेको जनाइएको छ। २५ किलोग्राम मोटो चामलको एक हजार ४ र मसिनो चामलको २ हजार २ सय मूल्य निर्धारण गरिएको छ। तर,काठमाडौंमा खुद्रा बजारमा भने मोटो चामलको भाउ १७ सय र मसिनो चामलको २५ सय पर्ने अध्यक्ष बमले बताए । सहकारीले पहिलो वर्ष मोटो र मसिनो मात्र बजारमा ल्याएकामा आगामी वर्षदेखि मसिनो र मोटोको पनि गुणस्तर छुट्याएर बजारमा ल्याउने योजना बनाएको छ ।

सहकारीले मजगाउमा एक करोड दुई लाखको लागतमा पाँच हजार क्विन्टल क्षमताको गोदाम घर निर्माण गरिसकेको छ भने राइस मिल प्लान्ट र ट्रान्सफर्मर स्थापना भएको छ । पहिलो चरणमा चामल उत्पादन थालेको सहकारीले तोरीको तेल, मसुरोको दाल, गहुँको आटा र पिउने पानीसमेत उत्पादन गर्ने योजना बनाएको छ। ‘तोरीको तेल र मसुरोको दाल चाँडै बजारमा आउँछ, त्यसपछि क्रमशः अरु उत्पादन ल्याउने योजना छ,’ अध्यक्ष बमले भने, ‘सहकारीका ३६ हजार सेयर सदस्य छन् । अर्गानिक र गुणस्तरीय खाद्यवस्तु पुर्याउने हाम्रो लक्ष्य हो । खाद्य उत्पादनले किसानसँग जोडिन पनि सहयोग पुग्नेछ ।’

नवजीवन सहकारीका संस्थापक सञ्चालकसमेत रहेका बागमतीका प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सहकारीले आमकिसानलाई जोडर उत्पादनमा लाग्नुपर्ने बताए । ‘नवजीवनले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका लाखौँ नागरिकको आर्थिक जीवनस्तर उकास्न भूमिका खेलेको छ, सहकारीले खाद्य उत्पादन थालेको देख्दा खुसी लाग्यो,’ उनले भने, ‘सहकारीको मर्म अनुसार चलेका सहकारी विचलित भएका छैनन्। केही सहकारीका कारण समग्र सहकारीमाथि हिलो छ्याप्न हुँदैन ।’

०५० मा स्थापना भएको नवजीवनका हाल सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशमा १० सेवा केन्द्र छन् । सहकारीमा ३१ करोड ३४ लाख सेयर पुँजी छ भने पाँच अर्ब ७३ लाख ६४ हजार निक्षेप छ ।

तपाईको प्रतिक्रिया